१४ औं नेपाली मेला २७ अगस्टमा, तयारीमा जुट्यो आयोजक तमुधिं यूके

SHARE:

लन्डन १५ जून २०२३ । बेलायतमा तमुधिं यूकेको आयोजनामा १४ औं नेपाली मेला २७ अगस्ट २०२३ मा हुने भएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित लन्डनस्थित केमटोन पार्क रेसकोर्समा २७ अगस्ट आइतबार नेपाली मेला हुने आयोजक तमुधिं यूकेका उपाध्यक्ष एवं १४औं नेपाली मेला संयोजक परशु गुरुङले जानकारी दिए । उनले भने, ‘यस वर्ष पनि आउॅंदो अगस्ट महिनाको २७ तारिख आइतबार Kempton Park Racecourse, Stain Road East, Sunbury On Thames TW16 5AQ मा विभिन्न कार्यक्रमहरुसहित “१४औं नेपालीमेला”को आयोजना हुन गइरहेको कुराको सहर्ष जानकारी गराउन चाहन्छु ।’ मेला तयारी समेत सुरु भएको संयोजक गुरुङले बताए ।

गत शनिबार २१ औं गोर्खाकपको समीका लागि आयोजित तमुधिं यूकेको बैठकमा पनि उपाध्यक्ष परशु गुरुङले आउँदो अगस्ट २७ आइतबार क्याम्पर्टन पार्कमा चौधौं नेपाली मेला हुने जानकारी गराएका थिए ।

बेलायतवासी सबै नेपालीहरूको मनमुटुमा बसेको बृहत् कार्यक्रम नेपाली मेला जुन २००९ सालदेखि नेपाली राजदूतावासको सहकार्यमा र विभिन्न संघसंस्थाहरुको समन्वयमा विभिन्न जातजातिमा आधारित मौलिक प्रस्तुतिहरुको साथमा अगस्ट महिनाको अन्तिम हप्ताको बैंक Holidayमा पर्ने गरी आइतबारको दिन तमुधि यूकेले आयोजना गर्दै आइरहेको छ । उक्त ऐतिहासिक कार्यक्रममा सम्पूर्ण नेपाली तथा गैरनेपाली बाआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरीहरु उपस्थित भई विभिन्न नेपाली जातजातिहरुको मौलिक परम्परा, संस्कृति र रीतिरीवाजमा आधारित कला कौशलहरुको अवलोकन गर्न तमुधिं यूकेले निमन्त्रणा गरेको छ ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारको सांस्कृतिक प्रस्तुति, एम्बास्डर कप, राफल ड्र, विभिन्न जातजातिको झाँकी प्रस्तुति लगायत आयोजना हुनेछन् । गत वर्ष भने आइतबार २८ अगस्टका दिन लन्डनस्थित केमटोन पार्क रेसकोर्समै १३औं नेपाली मेला भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!