बेलायतमा भूतपूर्व ब्रिटिस गोर्खाको मागबारे द्विपक्षीय वार्तामा पेन्सन, वेलफेयरको विषय प्रवेश

SHARE:


लन्डन १५ जून २०२३ । भूतपूर्व ब्रिटिस गोर्खाहरुका पेन्सनलगायत माग सम्बोधनका लागि गठित द्विपक्षीय समितिबीच बिहीबार लन्डनमा वार्ता भएको छ ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको वार्तामा समान पेन्सन, वेलफेयर लगायत विषयमा प्रवेश प्रवेश भएको भूपू गोर्खाहरुको तर्फबाट वार्तामा सहभागी जुदबहादुर गुरुङले जानकारी दिए । उनका तर्फबाट गोर्खाहरुको तर्फबाट राखिएको विषयमा बेलायती वार्ता टोलीले बुझ्ने र अध्ययन गर्ने जवाफ दिएका छन् ।

करिब ४ घण्टा चलेको वार्तामा पेन्सन, वेलफेयरको विषयले प्रवेश पाएको गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले बताए । उनले कुराको सुनुवाइ होला जस्तो रहेको भन्दै अब अझ प्रयास गर्नुपर्नेमा जोड दिए ।

वार्तामा सहभागी धर्म तामाङले पनि आज पेन्सन तथा बेलायत र नेपालमा भएका गोर्खा र तिनका परिवारको वेलफेयरको विषय प्रवेश गराइएको जानकारी दिए । गोर्खाहरुको तर्फबाट १९४८ देखिकै समान पेन्सन हुनुपर्ने, चार वर्षभन्दा कम सर्भिस गरेकाको माग सम्बोधन गर्नुपर्ने, १५ वर्षमा पेन्सन आएका, २२ वर्षमाथिका सर्भिस गरेर पेन्सन भएका गोर्खाहरुको विषय उठाएका गुरुङले जनाए ।

वार्तामा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख (डीसीएम) रोशन खनाल सहभागी थिइन् । उनले समय घर्किन लागेकोले आउँदो जुलाई १५ भित्र अर्को वार्ताका लागि समय माग गरेकी थिइन् । गोर्खाको मुद्दा आउँदो सेप्टेम्बरमा दुई देशका मन्त्रीस्तरीय बैठकले टुंग्याउने भन्ने छ ।

वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो ।

यसैबीच मन्त्रालयमा वार्ता चलिरहेको बेला बेलायती संसद् भवनबाहिर भेला भएर गोर्खाहरुले दबाबस्वरुप प्रदर्शन गरेका थिए । गोर्खा सत्याग्रह संघर्ष समिति, विभिन्न गोर्खा सम्बन्धित संघ संस्था र स्वत:स्फूर्त भूपू गोर्खाहरु प्लेकार्ड, ब्यानरसहित सहभागी भएका थिए । बिहीबार बिहान ११ बजेदेखि नै आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको पूर्वगोर्खा तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!