
१५ जुन २०२३ बेलायत। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ। संयुक्त अधिराज्य बेलायतका नेपाली राजदूतावासले प्रकाशित गरेको बिज्ञप्ति जस्ताको त्यस्तै।
प्रेस विज्ञप्ति
भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयो। वैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ। यी सम्पूर्ण विषयहरुमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को वैठक गरिने सहमति भएको छ। बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल, सैनिक सहचारी सहायक रथी श्री रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग, श्री धर्मबहादुर तामाङ, श्री ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।
नेपाली राजदूतावास, लण्डन
१५ जुन २०२३







