प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

SHARE:

प्रेस विज्ञप्ति

नेपाल र संयु्क्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा यस राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा १४ जुन २०२३ मा यस राजदूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा महामहिम राजदूत श्री ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वबारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात् नेपाल बेलायत सम्बन्ध आधुनिक युगमा प्रवेश गरेको एवं दुवै देशले राजदूत आदानप्रदान गर्न शुरुवातसमेत गरेको उल्लेख गर्नु भयो।उहाँले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका बिभिन्न आयामहरुका बारेमा बोल्दै परिवर्तित समयमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ बनाउने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो। लण्डन स्कूल अफ इकोनोमिक्सको दक्षिण एशिया केन्द्रका निर्देशक प्राध्यापक अलनुर भिमानीले केन्द्रका गतिविधि एवं नेपालसँग सम्भावित सहकार्यका विषयमा आफ्नो विचार व्यक्त गर्नुभयो।

लिड्स विश्वविद्यालयका प्राध्यापक सुर्यप्रसाद सुवेदीले सन् १९२३ मा नेपाल र बेलायतबीच भएको सन्धिको महत्वमाथि प्रकाश पार्दै त्यसअघि विभिन्न समयमा सन्धि संझौताहरु भएका भएतापनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा थप सुदृढीकरण गर्न सहयोग पुगेको बताउनुभयो।उक्त सन्धि लिग अफ नेशन्समा समेत दर्ता भएको र यसबाट नेपालको अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुगेको समेत उहाँले बताउनुभयो।नर्थअम्ब्रिया विश्वविद्यालयकी डा. केटी ओभनले नेपाल र बेलायतबीच भैरहेका विपद व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी विभिन्न आयोजनाबारे चर्चा गर्दै प्राकृतिक प्रकोपका समयमा बेलायतले गरेको सहयोग र अनुसन्धानका बारे प्रकाश पार्नु भएको थियो।अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले नेपालमा विगतदेखि हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु, नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच अन्तरक्रिया समेत भएको थियो।

नेपाली राजदूतावास, लण्डन
१५ जुन २०२३

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!