एनआरएनए यूकेको अध्यक्षमा एलबीजेड गुरुङको पनि उम्मेदवारी घोषणा

SHARE:

लन्डन १७ जून २०२३ । एलबीजेड गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) का अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

इंल्यान्ड राज्यपरिषद्का अध्यक्षसमेत रहेका गुरुङले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी कार्यकालको लागि एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले संघको गिर्दो शाखलाई जोगाउन आफूले जितेमा पूर्णरुपमा प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै आफू संस्थाको नेतृत्वमा पुगेपछि नेपालीहरूको साझा संस्थाको रूपमा सबैलाई एकताबद्ध गर्ने प्रतिबद्धता पनि उनको थियो । गुरुङले यसअघि नै एनआरएनए एनसीसी यूकेमा एक कार्यकाल युवा संयोजक इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेर काम गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा मेजर कुमार गुरुङ, नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, समाजसेवी उमेशराज मोक्तान, विनय दाहाललगायत उपस्थित थिए ।

यसअघि ६ जून २०२३ का दिन तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले पनि एनआरएनए यूकेको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!