एक्स क्यूओजीएलआर एसोसिएसन यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

नगेन्द्रराज नेम्वाङ
लन्डन, फार्नबोरो । एक्स क्यूओजीएलआर एसोसिएसन यूकेको वार्षिक बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

१७ जून शनिबार २०२३ मा अध्यक्ष प्रकाश राहुतको अध्यक्षतामा बैठक तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । बैठक अवधिमा केही आपतकालीन समस्याहरु आइपरेमा सुरक्षाका लागि अपनाउनु पर्ने सेफ्टी ब्रिफ महासचिव किरण गुरुङले जानकारी गराएका थिए भने अध्यक्ष राहुतले बैठकमा स्वागत मन्तव्य राखेका थिए । हालसाल निधन भएका सदस्यलगायत क्विन एलिजावेथ बडामहारानीको निधनप्रति सम्मान गर्दै दिवंगत आत्माहरुको चिरशान्तिकाे कामनाका लागि दुई मिनेट मौनधारण गरेका थिए ।

बैठकमा कोषाध्यक्ष सन्तबहादुर घलेले वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए । आजीवन सदस्यता शुल्क, सदस्यता नवीकरण बारेमा र कोषलाई कसरी बढाउने बारेमा ब्यापक छलफल भएको थियो । छलफलमा रिटायर्ड गोरखा मेजरद्वय भोलामान राई र चित्रराज लिम्बूलगायत अन्य सदस्यहरु निवर्तमान अध्यक्ष बसन्त गुरुङ, रत्न राईले आ-आफ्ना विचार, सल्लाह, सुझाव राखेका थिए । अध्यक्ष राहुतले कार्यक्रममा उपस्थितिका लागि धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

 

अथितिहरु हाल क्यूओजीएलआर बहालमा रहेका उच्च पदका ब्रिगेडियर PS Reehal MBE कर्णेल अफ द रेजिमेन्ट क्यूओजीएलआर, लेफ्टिनेन्ट कर्णेल Oliver Nyman कमान्डर क्यूओजीएलआर, मेजर चक्रबहादुर खत्री SO 2 Army Head Quarters गोर्खा मेजर बसन्तध्वज शाही १० क्यूओजीएलआर, क्याप्टेन भिम सिरिस गोर्खा एड्जुटेन्ट क्यूओजीएलआर, आरएसएम WO 1 लोकबहादुर सुनुवार १० क्यूओजीएलआरको उपस्थिति रहेको थियो । अथिति ब्रिगेडियरले मन्तव्यको क्रममा होल ब्रिटिस आर्मीमा क्यूओजीएलआरको नाम उच्च स्थानमा रहेको क्यूओजीएलआरले खेल्नुपर्ने भूमिकाबारे प्रस्ट्याएका थिए । क्यूओजीएलआर रेजिमेन्टल एसोसिएसन र एक्स क्यूओजीएलआर एसोसिएसनको एउटै मात्र एसोसिएसन हुनु पर्छ भन्नेमा जोड दिएका थिए ।

त्यसैगरी कमान्डर क्यूओजीएलआर Nymanले हाल क्यूओजीएलआरमा ६ वटा स्क्वार्डन रहेको र अब चाँडै अर्को स्क्वार्डन जम्ने र जम्मा ७ वटा स्क्वार्डन रहने सातौं स्क्वार्डनको नाम ३१ स्क्वार्डन रहने जानकारी गराए । सबै अथितिहरुको परिवारसहित उपस्थिति रहेको थियो । अथितिहरुलाई अध्यक्ष राहुतले र महिला अथितिहरुलाई अध्यक्षका श्रीमती मिना राहुतले खादा ओडाइ सम्मान गरेका थिए । कार्यक्रमको सुवर्ण अवसरमा लेफ्टिनेन्ट (क्यूजीओ) बलवीर लिम्बू र २१११४०२१५ सार्जन्ट लालबहादुर गुरुङलाई एसोसिएसनले सम्मान गरेका थिए ।

लेफ्टिनेन्ट लिम्बू र सार्जन्ट गुरुङ ऐतिहासिक इन्टेक १९५८ का हुन जुन सालमा जीटीआर जन्मेको थियो । सिंगापुरमा र पछि हङकङमा क्यूओजीटीआर नामकरण गरियो । अहिले यूकेमा क्यूओजीएलआर भनेर चिनिन्छ । उनीहरुलाई अध्यक्ष राहुतले खादा ओडाइ सम्मानपत्रसहित एसोसिएसनको तर्फबाट सम्मान गरेका थिए ।

कार्यक्रमको दोस्रो चरण महासचिव किरण गुरुङ र कल्चरल सेक्रेटरी निर्मल सिरिसले मनोरन्जनात्मक कार्यक्रम राफल ड्र खेलाएका थिए भने अथिति कलाकार दोहोरी गायिका बिन्ध्या परियारले विभिन्न नेपाली गीत गाएर माहोललाई बेस्सरी नचाएका थिए । त्यसैगरी हास्य कलाकारद्वय मुकेश राई र केदार आलेमगरले विभिन्न समसामयिक विषयमा कमेडी प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई बेस्सरी हँसाएका थिए ।

प्रकाश राहुतको अध्यक्षतामा सम्पन्न एसोसिएसनको वार्षिक भेटघाट कार्यक्रमको औपचारिक कार्यक्रम महासचिव किरण गुरुङले संचालन गरेका थिए । रिसेप्सन टिकेटिङमा मेखबहादुर थापा र सन्तबहादुर घले खटेका थिए भने दोस्रो चरण सांस्कतिक कार्यक्रम कल्चरल सेक्रेटरी निर्मल सिरिसले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!