एनआरएनए यूके खड्का समूहले भन्यो, ‘समय थपिँदैन, शुक्रबारभित्र सदस्यता लिइसक्नु’

SHARE:

लन्डन २२ जून २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सुनिलबाबु खड्का समूहले शुक्रबार मध्यरातसम्ममा सदस्यता लिइसक्न आग्रह गरेको छ ।

आउँदो जुलाई २२ मा हुने निर्वाचन लक्षित गरेर आह्वान गरिएको सदस्यता लिने समय २३ जुन २०२३ को राति ११:५९ बजेसम्मलाई तोकिएको छ । सदस्यता लिनका लागि आवेदन दिन एनआरएनए यूकेका प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले पुन: अपिल गरेका छन् । उनले निर्वाचन प्रयोजनका लागि सदस्यता अनिवार्य रहेको र सदस्यता लिनका लागि अब २ दिनमात्रै बाँकी रहेको जनाए ।

आवदेन दिने समय बन्द भएपछि निर्वाचन समितिले त्यसैकै आधारमा प्रक्रिया पूरा गरेर निर्वाचन कार्यक्रम अघि बढाउने उनले बताए । जस अनुसार नयाँ आवेदन दिएका वा ड्राफ्टमा भएका आवेदकहरुले जुन २३ तारिखको ५ बजेभित्र प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए । निर्धारित समयभन्दा ढिला भएमा सदस्यता प्राप्त नहुने पनि पोखरेलले बताए ।

यसैबीच, एनआरएनए यूकेको सदस्यता आबेदनको मिति नथपिने अध्यक्ष सुनिलबाबु खड्काले प्रस्ट पारेका छन् । बुधबार सामाजिक संजालमार्फत एक सूचना प्रकाशित गर्दै खड्काले उक्त कुरा बताएका हुन्।

उक्त सूचना जस्ताको त्यस्तै :
सदस्यताको लागि मिति नथपिने बारे एनआरएनए यूकेको सूचना
गैरआवासीय नेपाली संघ यूकेको जुलाई २३ तारिख २०२३ हुने निर्वाचनको लागि पंन्जिकृत सदस्य बन्ने अन्तिम मिति ‘२३ जुन साँझ ११ः५९ बजे’ सम्म मात्र रहेको पुनः जानकारी गराइन्छ । केही सदस्यहरुले सदस्यताको लागि मिति थप हुने भन्ने भ्रम समाजमा सृजना गरेको भन्ने जानकारी आएको हुदां त्यस्ता गलत सूचनाको पछि नलागि तोकिएको समयभित्रै आआफ्नो सदस्यता सुरक्षित गर्न बेलायतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गरिन्छ ।

सदस्य बन्ने अन्तिम मिति : २३ जुन साँझ ११:५९ बजेसम्म

भवदिय
सुनिलबाबु खड्का
अध्यक्ष, गैरआवासीय नेपाली संघ यूके
२१ जुन २०२३

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!