नेपालमा नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

SHARE:

काठमाडौं २२ जुन २०२३ ।

नेपालमा नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ऐन कार्यान्वयनमा जाने भएको हो । अदालतको यो आदेशसँगै अब गृह मन्त्रालयले नयाँ ऐनबमोजिम नागरिकता वितरण थाल्नेछ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो ।

अघिल्लो संघीय संसदले पारित गरेर निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि अधिवक्ताद्वय भण्डारी र न्यौपानेले गैरसंवैधानिक काम भएको भन्दै रिट दायर गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!