पोखरामा एसियाकै पहिलो पल्ट ड्रागन बोट फेस्टिभल सुरु

SHARE:

पोखरा २३ जुन २०२३ ।

पोखराको फेवातालमा शुक्रबारदेखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सो फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरे । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिएका छन् ।

तीमध्ये नेपाली ४ टिममा नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन एनआरसिए, चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा नव्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिएका हुन् । प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ । एक टिममा १२ खेलाडी सम्मिलित हुने छन् । चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ ।

विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । सो अवसरमा नेपाल सहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति समेत राखिने छ । प्रतियोगितामा प्रयोग गरिने बोट चीन तथा आवश्यक सामग्री चीनबाट ल्याइएको छ । ती सामग्री केरुङ नाका हुँदै भित्राइएको हो । बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् ।

पर्यटन मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध १५ सय वर्ष अघिदेखि रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!