नेपाली समाज बेलायतको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SHARE:

लण्डन २४ जुन २०२३ ।

 

 

 

लण्डन २४ जुन २०२३ । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज बेलायतको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यही जुन २२ तारिख २०२३ मा जुनमा रिडिङस्थित द एभरेस्ट तन्दुरी रेस्टुरेन्टमा जसपा नेपालका सल्लाहकार डा।महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाली समाज बेलायतका अध्यक्ष कमलप्रसाद राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश १ मा आन्दोलनरत अधिवक्ता प्रवीण पान्दाक लिम्बू रहेका थिए । लावती र लिम्बू बेलायत भ्रमणमा आएको बेला भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली समाज बेलायतले जनाएको छ । ।

कार्यक्रममा प्रदेश १ मा जारी पहिचानको आन्दोलन, नेकपा माओवादी केन्द्रसहित ४ दलको समाजवादी मोर्चाको भविष्य र आइतबारदेखि हुने जसपा नेपालको विधान महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको समाजका उपाध्यक्ष बल्लभ गुरुङले जानकारी दिए । मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म चलेको कार्यक्रममा नेपाली समाज बेलायतका उपाध्यक्ष तिलबहादुर गुरुङ, सदस्य बलबहादुर राईलगायतले प्रमुख अतिथि, विशेष अतिथिलगायतसँग जिज्ञासा राखेका थिए ।

उपाध्यक्ष बल्लभ गुरुङले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय परिषद् सदस्य जंगबहादुर सुनुवार, नेपली समाज बेलायतका इन्चार्ज तथा पूर्वअध्यक्ष, राजनीतिक समिति संयोजक दशरथ राईलगायत उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!