भव्य बन्यो स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र सम्मर बीबीक्यू कार्यक्रम

SHARE:


लन्डन २५ जून २०२३ । सांस्कृतिकसहित विभिन्न कार्यक्रम गरी स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र सम्मर बीबीक्यू सम्पन्न भएको छ ।

फानबोरोस्थित ग्रान्ज कम्युनिटी जुनियर स्कुलमा शनिबार २४ जून २०२३ का दिन नेपालका ख्यातिप्राप्त कलाकार श्याम रानामगर, सिमा (नानु) गुरुङ, शिव हमाल, पवन रानामगरलगायत कलाकारको जोडदार प्रस्तुतिसहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समाजका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेमबहादुर गाहामगर, स्याङ्जा समाज यूकेका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार र समाजमा आबद्ध अधिकांश र अन्य बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको आयोजक कमिटीले जनाएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!