लन्डन २६ जून २०२६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)ले आउँदो १६ जुलाई २०२३ मा १० औं वार्षिकोत्सव मनाउने भएको छ ।
गत १६ अप्रिलको भर्चुअल जुमबाट बसेको त्रैमासिक बैठक र १२ मे शुक्रबार साँझ बसेको कार्यसमिति बैठकअनुसार १६ जुलाई आइतबार अल्डरसटस्थित द प्यालेसको माथिल्लो तलामा वार्षिकोत्सव कार्यक्रम हुने फोनिज यूकेका सहसचिव महा राईले जानकारी दिए । उनका अनुसार कार्यक्रम दिनको १ बजे सुरु हुनेछ । सोही कार्यक्रममा फोनिज यूकेले प्रकाशन गरेको “द जर्नलिस्ट” विमोचन गरिनेछ ।
कार्यक्रममा फोनिज यूकेका पदाधिकारी, सल्लाहकार साथै सबै सदस्य जातीय संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुनेछन् ।






