अदालतको अवहेलनाबारे मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

SHARE:

काठमाडौं २७ जुन २०२३ ।

अदालतको अवहेलना गरेको विषयमा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शाहसँग लिखित जवाफ माग्ने आदेश गरेको हो । यो आदेशसँगै मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

मेयर शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि सामाजिक संजालमा ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ लेखेका थिए ।

त्यसपछि अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले निवेदन दिएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!