बेलायतमा मृत्यु भएकी सदिक्षा तामाङको नाममा सवा २५ लाखको अक्षय कोष

SHARE:

लन्डन २९ जून २०२३ । उच्च शिक्षाका लागि बेलायतमा रहँदा मृत्यु भएकी २१ वर्षीया सदिक्षा तामाङको स्मृतिमा २५ लाख २५ हजार ५२५ रुपैयाँको अक्षय कोष घोषणा गरिएको छ ।

दिवंगत सदिक्षाको ४९ औं दिनको पुण्यतिथिमा उनका बुबा कृष्णकुमार थोकर (कुमार) ले धार्मिक,शैक्षिक तथा सामाजिक प्रयोजनमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष घोषणा गरेका हुन् । कृष्णकुमार समाजसेवी, लामागुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

‘४९औं दिनसम्म आइपुग्दा कति गर्न सके, के-के गरे, के गरिन माफ गर छोरी । तिम्रो चेतना विज्ञान सुखवती भुवनमा वासको कामना गर्दै हाम्रो जीवनभर तिमीलाई सम्झिने गरी धार्मिक, शैक्षिक तथा सामाजिक प्रयोजनमा सहयोग गर्ने गरी २५, २५, ५२५/-(पछि थप्न मिल्नेगरी)को अक्षकोष स्थापना गरेका छौं,’ थोकरले बुधबार सामाजिक सञ्जाल फेसबुमा लेखेका छन् ।

बेलायतमा रहँदा निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटल यूकेमा भर्ना भएकी सदिक्षाको १० मे २०२३ मा निधन भएको थियो ।

सदिक्षाको ४९औं दिनको पुण्यतिथिमा धर्मगुरु टुल्कु साङ्गे सेड्रुब तेन्जिन रिन्पोछेको समुपस्थितिमा बौद्ध धर्म परम्पराअनुसार गरिने (घेवा) अन्तिम पूजामा बिहीबार २९ जुन २०२३ मा शेर्पा सेवा केन्द्र, शेर्पा गुम्बा, बौद्ध काठमाडौंमा हुँदैछ ।

सदिक्षा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको थियो । २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिक्षाका परिवारले शव नेपाल लाने तयारी गरे पनि भाइरस संक्रमणका कारण बेलायतमै अन्त्येष्टि गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!