बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, आठ घाइते

SHARE:

लण्डन ६ जुलाई २०२३ । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् ।

दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका थिए ।

विम्बल्डनको एक निजी ‘स्टडी प्रिप गल्र्स स्कूल’मा भएको घटनालाई प्रहरीले आतङ्कसँग सम्बन्धित नठानेको बताएको छ । स्थानीय सांसद स्टिफन ह्यामन्डले बिबिसीसँग कुरा गर्दै दुर्घटनालाई ‘असाधारण दुःखद घटना’ भन्दै हताहत भएकामध्ये धेरैलाई ‘गम्भीर चोट लागेको मानिएको’ आफूले बुझेको बताएका छन् ।

विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा रोकेको देखिन्छ । गाडी रङ्गीन प्ले म्याट र टेबल जस्तो देखिने घाँसे मैदानमा थियो । विम्बलडन कमन नजिकैको क्याम्प रोडमा स्थानीय समयअनुसार बिहान १० ०० बजे प्रहरी, एम्बुलेन्स र दमकल सेवालाई घटनास्थलमा बोलाइएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पत्रकारहरूले विद्यालय बाहिरको सडक साँघुरो भएको र सामान्यतया कुनै पनि गति बढाउन गाह्रो हुने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!