चुनावी मैदानमा ओर्लिए कर्मा पहाडी शेर्पा

SHARE:

लण्डन ७ जुलाई २०२३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको निर्वाचनमा हितकाजी गुरुङ प्यानलबाट उपाध्यक्षमा चुनाव लडेका कर्मा पहाडी शेर्पाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

आफ्नो विगतको काम हेरेर तथा आगामी एजेण्डा हेरेर भोट दिन उनले अनुरोध गरेका छन् । ‘संस्थागत रुपान्तरणः सामाजिक एकता, सबैको एनआरएन हाम्रो प्रतिबद्धता’ उनको चुनावी नारा हो । आगामी २२ जुलाईमा हुने मतदानमा नेतृत्वका लागि ३ जनाबीच प्रतिस्पर्धा छ । अध्यक्षमा हितकाजी गुरुङ सहित दिनेश घिमिरे र नारायण कँडेलबीच प्रतिस्पर्धा रहेको हो । एलबिजेड गुरुङले हितकाजीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

निर्वाचन तालिका अनुसार ५ जुलाई राति ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएर बिहीबार दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिएको थियो । २ उपाध्यक्षका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । महिला उपाध्यक्षमा इन्दिरा खनिया (सपना) निर्विरोध भइसकेकी छन् ।

महासचिवमा गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालबीच कडा प्रतिस्पर्धा छ । २ सचिवमा सरोज थापा र तिलक भट्टराई तथा महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध भइसकेका छन् । सहकोषाध्यक्षमा भने हेमकुमार गुरुङ र सुमन शर्माको उम्मेदवारी छ । मतदान अनलाइनबाट हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!