लामा लुङ्गरिग निमा रिन्पोछेलाई बीसीसी यूकेको स्वागत

SHARE:

लन्डन ८ जुलाई २०२३ । लामा लुङ्गरिग निमा रिन्पोछेलाई बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बिहीबार स्वागत गरेको छ । 

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बा लगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा उनको स्वागत गरेका हुन् 

बीसीसी यूकेका पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङको संयोजकत्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा हिज होलिनेश १४ औं दलाई लामाको ८८ औं जन्मोत्सव मनाइएको थियो । 

सो अवसरमा लामा लुङ्गरिग रिन्पोछेलगायत गुम्बाका गुरुहरुले आयु पूजा गर्नुका साथसाथै बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठ पढेका थिए । 

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले लामा लुङ्गरिग रिन्पोछेले कोरानाकालमा समेत बीसीसी गुम्बालाई गरेको सहयोगको प्रसंशा गर्दै बेलायत लगायत विभिन्न देशको भ्रमणको सफलताको कामना गर्दै स्वागत गरे।

कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङले लामा लुङ्गरिग रिन्पोछेको बारे बताए । कार्यक्रममा बौद्ध धर्ममा अत्यन्त महत्व राख्ने च्योद् साधना समेत गरिएको थियो । 

कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष धर्म तामाङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, पत्रकार मिलन तमू लगायत कार्यसमिति तथा आमाहरुको बाक्लो उपस्थिति  थियो । 

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । 

४ वर्षअघि बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका लुङ्गरिग रिन्पोछेलाई यसपालि आफन्तले निम्तो दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!