
लन्डन ८ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाई २२ मा हने कार्यकारिणी समितिको निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार कमान सिङ कर्मा पहाडी शेर्पाले ७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
जीवनको इच्छामा सामाजिक सेवा पहिलो प्राथमिकतामा पर्ने भएकोले २०२३ -२०२५ को लागि उपाध्यक्ष पदमा उमेदवारी दिएको जनाउँदै शेर्पाले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनी नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्षसमेत हुन् । उपाध्यक्ष पदका उम्मेदवार शेर्पाले बेलायतको भूमिमा नेपाली समुदायलाई पर्ने जुनसुकै समस्याको समाधान गर्ने, आवश्यक्ता पूरा गर्न कोसिस गर्ने, सबै समुदायसँग सामाजिक सद्भाव बढाउने, बेलायत सरकारको प्रगतिको लागि महत्वपूर्ण भूमिका निभाउँदै आफूहरुले पाउन पर्ने र राज्यले दिनु पर्ने समानाधिकारको लागि आवाज उठाउने, विश्वभरी छरिएर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधी साझा आवश्यकता पहिचान गरी ती आवश्यक्तालाई पूरा गर्ने विषयमा दिलो ज्यान दिनेलगायत प्राथमिकतामा राख्ने जनाएका छन् ।
हेरौं शेर्पाका प्रतिबद्धताहरु
अपील
आदरणीय बेलायतवासी नेपाली दाजुभाइ दिदी बहिनीहरू,
हामी नेपाली हाम्रो मुलुक नेपाल । हामी आज बेलायतको भु्मिमा छौं । हामी विदेशको भुमिमा भएता पनि संगठित छौं । हामीले हाम्रो अस्तित्व र पहिचानसंग गांसिएका बिषय बस्तुहरूलाई संरक्षण र संबर्घन गर्न बिभिन्न सामाजिक संस्थाहरू खोलेका पनि छौं र हाम्रो समस्याको समाधान र आवश्यकता पुरा गर्ने कोशिस गरिरहेका छौं । तिनै सामाजिक संस्थाहरू मध्येमा गैर-आवसिय नेपाली संघ पनि पर्दछ । यो संस्था सबै विदेशमा भएको नेपालीहरूलाई समेट्ने एक मात्र साझा संस्था हो । यो संस्थाको उदेश्य सम्पुर्ण नेपालीहरूको हितको लागी छ । ७२ देशमा संगठित यो संस्था पुग नपुग २ दशक हुन लागिरहेको छ भने बेलायतमा यो संस्था स्थापना भएको 2005 देखी हो र संस्थाको यही २२ जुलाईमा कार्यकारिणी समितिको निर्वाचन हुन गइरहेको सन्दर्भमा मलाई मेरो जिवनको इच्छामा सामाजिक सेवा पहिलो प्राथमिकतामा पर्ने भएकोले २०२३ -२०२५ को लागी उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । मेरो महासचिवमा सेवा गर्ने निर्णय मेरो मात्र नभएर हजुरहरूको हुने हुनाले हजुरहरूले मलाई उपाध्यक्ष पदमा बिजयी गराई दिनु भएमा निम्न बिषयहरूलाई प्रमुख्ता दिई अघि बड्ने अवसर मिल्ने र बड्ने प्रतिबद्धता जाहेर गर्दछु ।
(१) हामी बेलायतमा छौं । बेलायतको भुमीमा नेपाली समुदयलाई पर्ने जुनसुकै समस्याको समाधान गर्ने, आवश्यक्ता पुरा गर्न कोशिस गर्ने, सबै समु्दायसंग सामाजिक सदभाव बढाउने, बेलायत सरकारको प्रगतिको लागी महत्वपुर्ण भुमिका निभाउंदै हामीले पाउन पर्ने र राज्यले दिनु पर्ने समानाधिकारको लागि आवाज उठाउने बिषयलाई प्राथमिकता दिने छु ।
(२) यो संस्थाको उपाध्यक्षको जिम्मेवारी दिनु भएमा विश्वभरी छरिएर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बांधी हामीहरूको साझा आवश्यकता पहिचान गरि ति आवश्यक्तालाई पुरा गर्ने बिषयमा दिलो ज्यान दिने छु ।
(३) बर्तमान स्थितिमा विदेशमा भएका नेपालीहरूको मुख्य साझा मुद्धा भनेको पुर्ण अधिकार सहितको नागरिकता, सुरक्षित र व्यवस्थित बैदेशिक रोजगार, हामीले विदेशको भुमीमा रगत र पसिना बगाएर कमाएको सम्पति नेपालमा लगानी गरेका छौं त्यो सम्पतिको सुरक्षा र हाम्रो पैतृक सम्पतिको सुरक्षा होस भनी राज्यसंग माग गर्नु पर्ने भएको हुनाले यो प्रमुख मागहरूलाई शान्तिपुर्ण आन्दोलन गरेर पुरा गर्ने प्रतिबद्धता गर्दछु ।
(४) हामी सन्सारको जुनसुकै कुनामा रहेता पनि हाम्रो मन हाम्रो माटोमा हाम्रै भुमीमा डुली रहन्छ । हामीहरूलाई हाम्रो मुलुक शान्त समृद्ध होस भन्ने चिन्ता र चासो रहन्छ । त्यसकारणले समृद्ध र सुखी नेपाल निर्माणका लागी टेवा पुग्ने बिषयमा जुनसुकै मुल्य चुकाउन तैयार रहने छु ।
(५) बेलायतको बिकास निर्माण र शान्ति सुरक्षाका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने आदारणीय गोर्खाहरूको सम्मान गर्दै उहांहरूको समानाधिकारको माग पुरा गर्नु हामीहरूको जिम्मेवार र कर्तव्य ठानी एकवद्धता जनाउने छु ।
(६) बेलायत सरकारको नियम र कानुनलाई सम्मान गर्दै नियम र कानुनले दिएको अधिकार नेपाली समुदायलाई लिनका लागि जनचेतना जगाउने कार्यक्रमहरू सन्चालन गर्ने छु ।
(७) गैर-आवासिय नेपाली संघले नेपालीहरूको साझा आवश्याक्ता पुरा नगरेकै कारण जनमानसले आफ्नोत्व महशुस गरि रहेका छैनन । यो संस्था सबै नेपालीहरूको साझा संस्थाको हो भन्ने बिषयमा स्पष्ट पार्न निर्णय शान्तिपुर्ण आन्दोलनमा जाने र प्राप्त नभए सम्म लड्ने प्रतिबद्धता जाहेर गर्दछु ।
अन्तमा यहांहरूको सल्लाह र सुझावलाई शिरोपर गरी शेर्पाको छोरा नेपालको माटोमा जन्मेर सामाजिक सेवा, राजनितीलाई आत्मासाथ गर्दा कला र गलाहरूबाट जनचेतना जगाएको पनि अनुभव छ । त्यो बिचार र दृष्ट्रिकोणले मलाई बेलायत आएर पनि नछाडेको हुनाले आदारणीय महानुभावहरूको आशा र भरोसामा उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । हजुरहरूको अमूल्य मतदान नै अन्तिम निर्णय भएकोले मलाई मतदान गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।
कमान सिङ कर्मा पहाडी शेर्पा
उपाध्यक्ष पद्को उम्मेदवार NRNA UK






