एभरेष्ट टाईम्स
०९ जुलाई २०२३ बेलायत । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा भब्यताको साथ सम्पन्न भएको छ ।
उक्त च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सिप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार संस्थाका निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रदान गरेको छ ।
कार्यक्रमा गायक धिरज राई, सपनकुमार राई, सितु खरेललगायत कलाकारहरुले उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिएका थिए ।
उक्त १२ औँ वार्षिकोत्सव र च्यारिटी डिनर कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए भने बिशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ केन्द्रका सहासचिव रोशन पुरी, नेपाली राजदुतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाललगायत बेलायतस्थित नेपाली समुदायका अभियन्ता र नेपाली संघसंस्थाका अग्रजहरुलाई आमन्त्रण गरिएको थियो ।
सो कार्यक्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) युके २०२३-२०२५ निर्वाचनका अध्यक्षका लागि प्रत्यासीहरुलाई पनि आमन्त्रण गरिएको थियो भने नेपालबाट बेलायत भ्रमणमा आएका बिजिनेस टेलिभिजनका डाइरेक्टर शम्भु पोख्रेललगायत बेलायतमा स्थापित बिभिन्न संचार माध्यमका पत्रकारहरुको बाख्लो उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको अध्यक्ष ध्रुब अर्यालको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका उपाध्यक्ष प्रमिला राई र महासचिब नरेन्द्र बस्नेतले संचालन गरेका थिए।











































