नेपाली उद्यमीले एक्सलट्रीप र एक्सल टोकन बजारमा ल्याए

SHARE:

एटा संवाददाता
फार्नबोरो । अमेरिका निवासी नेपाली उद्यमी होप खड्काले एक्सलट्रीप र एक्सलटोकन बजारमा ल्याएका छन् ।
फार्नबोरोस्थित होलीडे ईन्मा गत शनिबार ४ अगस्टका दिन आयोजित एक कार्यक्रममा सो कुरा जानकारी दिइएको हो ।
एक्सलट्रीप ट्राभल गर्दा आवश्यक पर्ने जहाज, ट्याक्सी र होटल बुकिङ्ग गर्ने सर्च गर्ने इन्जिन हो भने एक्सलटोकन डिजिटल मुद्रा हो ।

कार्यक्रममा एक्सलका संस्थापक खड्काले एक्सलट्रीप र टोकनका बारे विस्तृत जानकारी गराउँदै आपूmले ३ वर्ष लगाएर बजारमा ल्याएको उत्पादन ग्राहकहरुको रोजाई बन्ने विश्वास व्यक्त गरे । उनले यात्रुहरुले यात्रा गर्दा भोग्नु परेका समस्यालाई मध्यनजर राखी आधुनिक प्रविधि ‘ब्लगचैन’को प्रयोग गरी सरल तरिकाले समाधान गरिएको बताए । उनले यसबाट थुप्रै ट्राभल क्षेत्रमा लगानी गरेका व्यवसायी र यात्रुहरुलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे ।

एक्सल टोकन अहिलेको अरु डिजिटल मुद्रा जस्तै हो । अहिले एक देशबाट अर्को देशमा भुक्तानी गर्दा भोग्नु परेका समस्या समाधानका लागि बजारमा ल्याइएको एक्सलट्रीप तथा टोकन युकेका काउन्टी डाईरेक्टर नेम थापाको बुझाइ छ ।
साथै, यसमा लगानी पनि गर्न सकिने र लगानी नगरेता पनि सदस्य बनेर फाइदा लिन सकिने उनको भनाइ छ ।

नेम थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली समुदायका उद्यमी, व्यापारी र इच्छुक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!