बीसीसी यूकेद्वारा दुप्सेङ रिन्पोछेको स्वागत

SHARE:

बीसीसी यूकेद्वारा दुप्सेङ रिन्पोछेको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स तेश्रो दुप्सेङ रिन्पोछेको स्वागत गरेको छ । गत आइतबार ९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा श्रद्धेय हिज इमिनेन्स रिन्पोछेलाई स्वागत गरिएको हो । साथै, हिज इमिनेन्स रिन्पोछेसंगै आएका लामा गुरुहरुको समेत स्वागत गरिएको थियो ।

पोखराको हेम्जा गुम्बाका प्रमुख लामा समेत रहेका हिज इमिनेन्स रिन्पोछे केही समयका लागि बेलायत आएका हुन् । बीसीसी यूकेका उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका आमाहरुले श्रद्धेय रिन्पोछे गुरुको सुस्वास्थ्य एवं दीर्घायूका लागि आयुको पाठ गरेका थिए ।

उक्त स्वागत कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले रिन्पोछेले बीसीसी गुम्बाले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यहरुको जानकारीका साथ स्वागत मन्तब्य दिए । त्यस्तै, कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले हिज इमिनेन्स दुप्सेङ रिन्पोछेको बारेमा जानकारी दिएका थिए ।

बेलायतका विभिन्न स्थानबाट आएको भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायतको कार्यसमिति र आमा प्रमुख उर्मिला गुरुङलगायतका आमाहरुले हिज इमिनेन्स रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । साथै, कार्यक्रमको अन्त्यमा उपस्थित भक्तजनहरुले हिज इमिनेन्स दुप्सेङ रिन्पोछेबाट अभिषेक लिएका थिए ।

कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, , उपाध्यक्ष क्याप्टेन देव घले, प्रमुख संरक्षक मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङलगायत कार्यसमिति तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले हिज इमिनेन्स दुप्सेङ रिन्पोछे लगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टीको जानकारीका साथसाथै औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!