एटा संवाददाता
अल्डरसट । नेपालको पर्यटन प्रवर्द्धका लागि पोखरेली मञ्च युकेले पदयात्रा सम्पन्न गरेको छ । पोखरेली मञ्च युके एवं “We will Rise” हङकङको आयोजनामा “Hike for Nepal in Wales UK 2018” पदयात्रा गरिएको हो । गत शुक्रबार वेल्स पुगेका समूहले गत शनिबार ४ तारिखका दिन पदयात्रा गरेका हुन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले अध्यक्षता र तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर रिटायर्ड खुसीमान गुरुङ (एमभीओ) ले संयोजन गरेका थिए ।
मञ्चका महासचिव मोहन थापाद्वारा सञ्चालित कार्यक्रममा सहभागी हुन नेपालबाट आएका १३औ पटक सगरमाथाको सफल आरोहण गरेका फुर्बा तेन्जिङ शेर्पा र १६ बिधामा गिनिज बुक रेकर्ड गरेका स्थानेश्वर गुरागाई, नायिका ठुल्छिम लामा गुरुङ, We will Rise का संस्थापक अध्यक्ष तुलसी गुरुङ, हङ्गकङ्ग अध्यक्ष सुरज गुरुङ, नेपाल अध्यक्ष निर्मल श्रेष्ठ, वयल्स राज्य ब्रेकन र रेड्नोसायरका सांसद कृश डेविस, निजकी श्रीमती लीज डेविस अफ पयज, कन्ट्री काउन्सिलका काउन्सिलर डेभीड मेरीडिथ, चेयरमेन वरसीपफुल मेयर अफ टेलगार्थ टाउन काउन्सीलका काउन्सीलर विलीयम पावेल, द वरसीपफुल मेयर अफ ब्रेकन काउन्सीलका काउन्सीलर मेनी ट्रलर, द वरसीपफुल मेयर अफ ब्रेकन काउन्सीलका काउन्सीलर एन्न मेथीस, ब्रेकन टाउन काउन्सीलका पूर्वमेयर काउन्सीलर इयुन विलीयम, टेलगार्थ काउन्सीलका पूर्व मेयर काउन्सीलर ज्याक्युइ वाइल्डिङ्ग, मीस्टर जोन वाइल्डिङ्ग, मिस्टर वीइली एण्ड मीसेस एन्थीया वीइलीका साथै पटक पटक नेपाल पुगेका मीस्टर कोलीन प्रिसी र मीसेस आइरन प्रिसीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजदूत डा. सुवेदीले स्थानीय नेताहरुलाई “टोकन अफ लभ” प्रदान गरी सम्मान गरेका थिए । सो कार्यक्रमलाई सफल बनाउन स्थानीय निकायहरुमा ब्रेकन नेपाली सोसाइटी, दि गोरखा इन, डिफाइड एण्ड पुलीस, वेल्स एम्बुलेन्स र द माउन्टेन रेस्कु टीमको बिशेष भूमिका खेलेका थिए ।
पोखरेली मञ्च युकेले नेपालमा पर्यटन बिकासका लागि प्रचार प्रसार गर्न ‘हाइक फर नेपाल इन वेल्स, युके’ कार्यक्रममा We will Rise हङकङका संस्थापक अध्यक्ष तुलसी गुरुङले सहयोग पुर्याएका थिए । प्रमुख अतिथि राजदूत डा. सुबेदी, श्रीमती पुनम राज्य लक्ष्मी सुबेदी, वेल्स राज्य ब्रेकन र रेड्नोसायरका सांसद कृश डेविस, निजकी श्रीमती लीज डेविस र मेयर, काउन्सीलरहरु,कार्यक्रम संयोजक मेजर रीटायर्ड एवम तमु प्ये ल्हु संघ युकेका अध्यक्ष खुसीमान गुरुङ, श्रीमती मञ्जु गुरुङ, संस्थापक अध्यक्ष क्याप्टेन सीवी पुन, प्रोग्राम व्यवस्थापन गर्ने पोखरेली मंचका उपाध्यक्ष करम गुरुङ, पाहुना व्यवस्थापन र प्रचार प्रसार गर्ने मंचका उपाध्यक्ष बाचस्पति रेग्मी, महासचिव मोहन थापा, संस्थाका सल्लाहकारहरु, बगर भाइखलकका अध्यक्ष एवम संस्थाका सल्लाहकार चन्द्रमान गुरुङ, कार्यसमितिका पबित्र गुरुङ, ललीत गुरुङ, शीतल पुन, मञ्चका परिवारहरु, बेलायतस्थित संघसंस्थाका प्रमुखहरु, पत्रकारहरुलाई कार्यक्रम सफल पुर्याउने सबैलाई पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गरुङले धन्यवाद दिए ।
हाइक फर नेपाल कार्यक्रम भब्य रहेको र सबै सामाजिक अभियन्ताहरु लगायत १४० जना सहभागी रहेको ब्ल्याक माउन्टेन पदयात्राले नेपालको पर्यटन बिकासमा कोसेढुङ्गा कायम गर्नेछ भने भिजिट नेपाल वर्ष २०२० (Visit Nepal 2020) लाई प्रवर्द्धन गर्ने आशा गरिएको छ ।
साथै पोखरेली मञ्च युकेले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको ‘हाइक फर नेपाल’ कार्यक्रम दोस्रो वर्ष हो । गत शुक्रबार ३ अगस्टमा क्याम्पीङ्ग, टेन्टीङ्ग, ग्यादरीङ्ग र नाच गरी मनाइएको कार्यक्रममा स्वादिष्ट खाना समेत ब्यवस्था गरिएको थियो ।
गत ४ अगस्टका दिन प्रमुख अतिथि राजदुत डा. सुबेदी रहेको पोखरेली मञ्चका अध्यक्ष मान प्रसाद गुरुङको अध्यक्षतामा संयोजक मेजर रिटायर्ड खुसीमान गुरुङले कार्यक्रम संचालन गरेको र वेल्सका सांसद एवम मेयर काउन्सिलरहरुलाई १३ पटक सरगमाथा आरोहण गर्ने फुर्वा तेन्जीड्ग शेर्पा र १६ विभिन्न विधामा गिनीजबुक रेकर्ड राख्ने स्थानेश्वर गुरागाईले ‘टोकन अफ लभ’ द्वारा सम्मान गरेका थिए ।
त्यसपश्चात टेलगार्थमा रहेको ब्ल्याक माउन्टेनमा बिशाल नेपाली र बिदेशी टीमले पैदलयात्रा गरी शिखरमा नेपालको झण्डा गाडिएको थियो । बेलुका ब्रेकन नेपाली समाजले राखेको स्वागत कार्यक्रममा नेपथ्यका गायक रविन श्रेष्ठ र गायिका शीतल पुनले भरपुर मनोरन्जन दिए ।
We will Rise का संस्थापक अध्यक्ष तुल्सी गुरुङले मेजर रिटायर्ड एवं कार्यक्रम संयोजक खुसीमान गुरुङ र श्रमती मंजु गुरुङलाई मायाको चिनो प्रदान गरे । पोखरेली मंचको आयोजनामा भएको कार्यक्रममा बोटिङ्ग, पदयात्रा, सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खाना, क्याम्पीङ्ग र टेन्टीङ्ग अत्यन्त मनोरन्जनपूर्ण रहेको मञ्चका उपाध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।






