विभिन्न कार्यक्रमसहित पसगाउँसिङ्दी परिवार युकेको वार्षिक भेला सम्पन्न

SHARE:

लन्डन १३ जुलाई २०२३ । पसगाँउसिङ्दी परिवार युकेको वार्षिक भेला सम्पन्न भएको छ ।

नेपालको लमजुङका क्व्होलासोथार गाउँपालिका वडा ५ सिङ्दी गाउँ र वडा ६ पसगाउँ पुर्ख्यौली थलो भई हाल युकेमा बसोबास गर्नेहरुको उक्त संस्थाको भेलायही शनिबार सम्पन्न भएको हो । कार्यक्रम संयोजक रमेश गुरुङ, छोरीचेली संयोजक आशमाया गुरुङ, पसगाउँको जेष्ठ नागरिक समाजसेवी गणेशबहादुर गुरुङ र सिङ्दी गाउँको जेष्ठ नागरिक चक्रबहादुर गुरुङबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । भेलामा संस्थाका सचिव युनिल पुर्णचन्द्र गुरुङले हेल्थी एण्ड सेफ्टीबारे ब्रिफिङ गरे भने सहसंयोजक रिटायर्ड क्याप्टेन डिल्लीजङ्ग गुरुङको स्वागत मन्तव्य दिए । कार्यक्रम सञ्चालन सचिव युनिल पुर्णचन्द्र गुरुङ (वाईपिजि) ले गरे ।

यस्तै, रिटायर्ड मेजर चन्द्रबहादुर गुरुङले छोरीचेली संयोजक आशमाया गुरुङ र ज्वाइँहरुको तर्फबाट बुद्धिजीवी ओमप्रसाद गुरुङले आभार तथा धन्यवाद व्यक्त गरेका थिए । यस पटक युके आएका नयाँ सदस्यहरु मोमाया गुरुङ, मीनकाशी गुरुङ, जानकी गुरुङ, बुद्ध गुरुङ, जेशिका गुरुङ र श्रीमान् तथा श्रीमती हिरामाया गुरुङलाई संयोजक रमेश गुरुङ र वहाँको धर्मपत्नी मञ्जु गुरुङले खादा लगाएर स्वागत गरे ।

नवविवाहित नुराग गुरुङ, विकास गुरुङ, कुमार गुरुङहरुको जोडी, पुत्रलाभ भएका विकास गुरुङ (नुनिटन), मास्टर्स अफ ल हासिल सुभेक्षा (सुबी) म्हिंगी गुरुङलाई सम्मान गरियो । सुवीको अनुपस्थितिमा बुवा सुनिलउर्फ डिल्लीचन्द्र गुरुङ र आमा अरुना गुरुङले सो सम्मान ग्रहण गरे ।

तमुधिं युकेको कोषाध्यक्षमा मनोनीत दिलमाया गुरुङ, पसगाउँ ठाँटी मावि र हिमालयन मावि सिङ्दीमा हरेक वर्ष स्व. बाबा हवल्दार नरबहादुर गुरुङ र आमा लक्ष्मी गुरुङको पुण्यस्मृतिमा स्थापित ‘नवलक्ष्मी स्मृति कोष’बाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप जनही १० हजार प्रदान गर्दै आएकी पूर्वशिक्षिका चेली शुकदेवीउर्फ सुनिता गुरुङ र छोरीचेलीको निवर्तमान संयोजक आशमाया गुरुङ, नयाँ कार्यकालको लागि चयन बिनु गुरुङ, गाउँको गुम्बा पुनर्निर्माणको चन्दादाताहरुलाई सम्मानपत्र तथा समाजसेवी गणेशबहादुर गुरुङलाई बख्खुबाट सम्मान, बधाई तथा शुभकामना दिइयो ।

भेला सफल बनाउन विभिन्न व्यक्तिले सहयोग गरेका थिए । क्याटरिङमा यामबहादुर गुरुङ र उनकी धर्मपत्नी लक्ष्मी उर्फ माया गुरुङ, टिकटमा मेजर चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष देवीप्रसाद गुरुङ, प्रकाश गुरुङ, छोरीचेलीको कोशेली संकलनमा बासुदेव गुरुङ, राफल ड्र ब्यवस्थापनमा गौनन्द उर्फ गमबहादुर गुरुङ, टिकट बेच्नेदेखि खेल सञ्चालन गर्नेमा विकास गुरुङ (नुनिटन), फोटोग्राफरमा सुनिल उर्फ डिल्लीचन्द्र गुरुङ, गोविन गुरुङ, डा. तुलाचन्द्र गुरुङ र डिजेमा सदिप गुरुङको साथ थियो ।

पुरस्कारको प्रायोजन संयोजक रमेश गुरुङ, सहसंयोजक रिटायर्ड क्याप्टेन डिल्लीजङ्ग गुरुङ, कोषाध्यक्ष देवीप्रसाद गुरुङ, ताराबहादुर गुरुङ, गोलबहादुर गुरुङ, सर्जक एकेन्द्र उर्फ एकबहादुर गुरुङ, डिल गुरुङ, प्रकाश गुरुङ, ईश्वर गुरुङ, गोपाल गुरुङ, हेमचन्द्र गुरुङ र चेली नन्दा गुरुङले सहयोग गरे । विभिन्न गीतका सर्जक सचिव युनिल पूर्णचन्द्र गुरुङको कविता वाचन गरिएको थियो । विवाह भएर पराई भएको माइतीसँग भेटघाट गर्ने, वर्षभरिको दु:खसुख साटासाट गर्ने, आगन्तुकलाई स्वागत गर्ने, नयाँ प्रोपटी किन्ने, वैवाहिक जीवनमा प्रवेश गर्ने, बच्चा जन्मिने, सामाजिक गतिविधिमा संलग्न हुने, उच्च पदमा चयन हुने, नयाँ व्यवसाय सञ्चालन गर्ने, उच्च शिक्षा हासिल गर्ने र विभिन्न क्षेत्रमा मानपदवी, सम्मान पाउने आदिलाई बधाई तथा शुभकामना दिने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!