डायमण्ड बुद्धिष्ट सेन्टर यूकेको च्यारिटीबाट २५ हजार पाउन्ड बचत

SHARE:


लन्डन १४ जुलाई २०२३ । डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम सफल भएको निष्कर्ष निकालिएको छ ।

यही ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी कार्यक्रम सोचेभन्दा राम्रो भएको निष्कर्ष निकालिएको अध्यक्ष योगेश गुरुङले जानकारी दिएका छन् ।  बैठक महासचिव हेम छन्त्यालले सञ्चालन गरेका थिए । 
‘डायमण्ड बुद्धिष्ट सेन्टर यूकेद्वारा ११ जुनमा आयोजना गरेको पुण्य च्यारिटी कार्यक्रमको समीक्षा बैठक जुलाई ९ तारिख गुम्बामा सम्पन्न भयो । श्रद्धेय मूलगुरुको सागा धावा र दान पारामिता प्रवचन र आशीर्वाद, बुद्ध भगवानको कृपा र सबैको साथ र सहयोगले गर्दा च्यारिटी कार्यक्रम सोचेकोभन्दा धेरै गुणा राम्रो भएको कुरा सबैलाई आवगत नै छ,’ अध्यक्ष गुरुङले फेसबुकमा लेखेका छन् ।  

अध्यक्ष गुरुङका अनुसार च्यारिटीमा २५ हजार पाउन्ड बचत भएको छ । ३५ हजार ६७५ पाउन्ड संकलन भएकोमा खर्च कटाएर २५ हजार १७१ पाउन्ड बचत भएको हो । अध्यक्ष गुरुङले अतिथि, सहभागीलाई कार्यक्रम सफल पारिदिएकोमा धन्यवाद तथा आभारसमेत प्रकट गरेका छन् । अध्यक्ष गुरुङले आगामी कार्यक्रमहरु त्रुटि सच्याएर झनै राम्रो र व्यवस्थित बनाउने विश्वास दिलाएका छन् । 

उनले भने, ‘सबैको बहुमुल्य सल्लाह सुझावहरुका लागि हार्दिक आभार व्यक्त गर्दछु । आगामी कार्यक्रमहरुमा यहाँहरुले दिनुभएको महत्वपूर्ण सल्लाह सुझावहरुलाई आत्मसाथ गरी सफलताको सुत्र सम्झेर अझ उच्चस्तरीय कार्यक्रम गर्ने सम्पूर्णमा विश्वास दिन चाहन्छु ।’ 

उत्साहजनक बन्यो डायमण्ड बुद्धिष्ट सेन्टर यूकेको च्यारिटी कार्यक्रम
वुल्लीचमा स्थापना गरेको बौद्ध गुम्बाका लागि कोष जुटाउन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा ११ जुन बेलुकी च्यारिटी गरेको थियो । कार्यक्रममा साउथ इष्ट लन्डनसहित बेलायतका विभिन्न क्षेत्रबाट करिब पाँच सय जना सहभागि थिए । झण्डै ६ लाख पाउन्ड लगानी भइसकेको गुम्बा स्थापनाका क्रममा लिइएको करिब ६५ हजार पाउन्ड ऋण चुक्ता गर्न आवश्यक कोष जुटाउने उद्देश्यले च्यारिटी कार्यक्रम गरिएको अध्यक्ष गुरुङले प्रस्ट पारे । 

सेन्टरका अध्यक्ष गु्रुङको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोका मेयर, विशेष अतिथि मेडवे बरोकी मेयर निना गुरुङ, ग्रीनवीच बरो उपमेयर जीत रानाभाट, तमुधिं यूके अध्यक्ष हरि गुरुङसहित बेलायतस्थित थुप्रै नेपाली संघसंस्था र समुदायका प्रतिनिधिको सहभागिता थियो । 

सन् २०१६ मा सुमलकुमार गुरुङको विशेष पहल र अगुवाइमा स्थापना भएको डीबीसी यूकेद्वारा लन्डनको वुल्लीचमा बौद्ध गुम्बा सञ्चालन हुँदै आएको छ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!