नेपालका स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा, हिथ्रो विमानस्थलमा स्वागत

SHARE:


लन्डन १५ जुलाई २०२३ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत बेलायत आइपुगेका छन् ।

शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले स्वागत गरे । मन्त्री बस्नेतको स्वागतका लागि आरके त्रिपाठी, प्रवेश केसी, सूर्य नेम्वाङ, रोमियन लिम्बू, वीरेन खड्का, राजन गुरुङ, क्षमता ढकालसहितका दर्जनौं कांग्रेस कार्यकर्ता हिथ्रो विमानस्थल पुगेका थिए ।

जनसम्पर्क समिति बेलायत सभापति गुरुङका अनुसार बेलायतस्थित युनिभर्सिटी अफ केन्टबाट डिग्री पूरा गरेकी छोरीको ग्रयाजुएसन समारोहमा भाग लिन मन्त्री बस्नेत पत्नीसहित आएका हुन् । मंगलबार छोरीको ग्रयाजुएसन समारोह सकेर विहीबार उनी नेपाल फर्किने योजना छ ।

मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसँग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ । त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!