लन्डन १५ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्षमा तीर्थबहादुर मल्ल (अनिल) ले उम्मेदवारी दिएका छन् ।
एनआरएनए निर्वाचनअन्तर्गत यही २१/२२ जुलाईमा हुने मतदानका लागि मल्लले उम्मेदवारी दिएका हुन् । मल्ल वर्तमान कार्यसमितिमा युवा संयोजक छन् । लामो समयदेखि सामाजिक काम र एनआरएनए अभियानमा रहेका मल्लले आफूलाई जिताउन बेलायतवासी नेपालीसामु आग्रह गरेका छन् ।
मल्लले वंशजको नेपाली नागरिकता निरन्तरता आजको आवश्यकता मुद्दालाई प्रमुख रुपमा अगाडि सारेका छन् । उनी म्याग्दी संगठन (मोना)मा पनि आबद्ध छन् ।






