क्होँइबोँ निर्माण सहयोगार्थ स्वीन्डनमा युवा अभियान

SHARE:

भेग गुरुङ
लन्डन । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होँईवोँ निर्माण सहयोगार्थ युवा अभियान कार्यक्रम भव्य रुपमा सुसम्पन्न भएको छ ।

गत २९ जुलाई आइतबार फ्रेसब्रुक कम्युनिटी सेन्टर, स्वीन्डनमा युवा अभियान कार्यक्रम आयोजना गरिएको हो । जागिरे युवायुवतीहरुले पनि आफ्नो कमाई अनुसार सामुदायिक भवन तथा क्होँईवोँ निर्माणको लागि सक्दो आर्थिक सहयोग प्रदान गरी निर्माण कार्यमा इँटा थप्न सकिने हुनाले युवायुवतीहरुलाई योजनाको बारेमा बुझाउन र के कसरी, के कस्ता तवरले आर्थिक सहयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराउन युवा अभियान कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
संघका अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमु एमभिओको अध्यक्षतामा मिडिया सहसंयोजक भवानी च्हम्रु तमुले सञ्चालन गरेको कार्यक्रममा निर्माण समितिका आर्थिक संयोजक क्या. दुदमान प्होम तमुले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए भने निर्माण समितिका आर्थिक सह–संयोजक क्या. नरबहादुर पर्जु तमु एमभिओ बिईएमले स्वागत मन्तव्य दिएका थिए । त्यसैगरी सल्लाहकार क्या. देवराज ङोप्छे तमुले कार्यक्रमको औचित्यबारे बताए भने संघका प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुले धन्यवाद तथा समापन मन्तव्य राखेका थिए ।

स्वीन्डन क्षेत्रका प्रतिनिधिहरु, सल्लाहकारहरु तथा स्वीन्डनवासीहरुको सक्रियतामा आयोजना गरिएको युवा अभियान कार्यक्रममा युवायुवतीहरुलाई तमु जातिको मौलिक वोन धर्म, संस्कार, संस्कृति, परम्परा, भाषा तथा भेषभूषा आदिको बारेमा समेत जानकारी गराउने हेतुले तमु धर्मगुरु पच्यु र क्ल्हेप्रीबाट प्रवचन गराइएको थियो । जसमा पच्यु चिवा जीत क्रोम्छे तमुले वोँन संस्कार र संस्कृतिको बारेमा प्रवचन दिएका थिए भने क्ल्हेप्री चिवा हिरा म्होब्छे क्ल्हेप्री तमुले क्होँईवोँ धिं र क्ल्हेप्रीको प्येछ्या र त्हाँत्हेँको बारेमा प्रवचन गराएका थिए ।

कार्यक्रममा निर्माण समितिका प्रमुख संयोजक क्या. डेमबहादुर योज तमुले निर्माण योजनाको बारेमा पावर प्वाइन्टबाट विस्तृत रुपमा सचित्र देखाएर उपस्थित युवायुवतीलगायत जनमानसलाई योजनाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी आर्थिक सहयोग गर्ने बारेमा र युवायुवतीहरुले निभाउन सक्ने भूमिकाहरुको बारेमा समेत बताएका थिए । जानकारी गराउने क्रममा प्रमुख संयोजक क्या. डेमबहादुर योज तमुले संघले खरिद गर्न लागेको जग्गाको तस्बिरहरु पनि देखाएका थिए भने ङ्यो तमुमै खनै याले खनै टिले क्होँईवोँ धिँ तलतुमो भन्ने बोलको गीतिभिडियो देखाएर मनोरन्जन गराइएको थियो ।

धर्मगुरुहरुले प्रस्तुत गरेका प्रवचनमाथि उपस्थित युवायुवतीहरुले जिज्ञासा राखेका थिए भने खेगी गुरुहरुले जिज्ञासा मेटाएका थिए । २९ जना युवायुवतीहरुले मासिक पाँच पाउन्ड क्याम्पेन गरी संघलाई आर्थिक सहयोग गरेका छन् भने १३ जना महानुभावहरुले आजीवन सदस्यता दर्ता गराएका छन् । सामुदायिक भवन निर्माण कार्यमा सहयोग पुगोस् भन्ने मनसायले स्वीन्डन आमा समूहले ३५१ पाउन्ड आर्थिक सहयोग रकम निर्माण समितिका प्रमुख संयोजक क्या. डेमबहादुर योज तमुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अन्तमा पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा हिरा म्होब्छे क्ल्हेप्री तमुलाई क्रेगी ओढाई सम्मान गरेका थिए । कार्यक्रमलाई सफल बनाउन स्वीन्डनवासी तमुहरुले संघको प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुको संयोजकत्वमा विशेष भूमिका निभाएका थिए । खानापिना र खाजापानीको व्यवस्था मिलाइएको कार्यक्रमको अन्तमा खुल्ला नाचेर रमाइलो गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!