प्रेस बिज्ञप्ति: नेपाली राजदूतावास लन्डन

SHARE:

प्रेस विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री मोहन बहादुर बस्नेतले आज संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र वेलायतबीच हालै सम्पन्‍न बेलायतमा नेपाली नर्सहरु नियुक्ति सम्बन्धी सम्झौता प्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध समेत गर्नुभयो। बेलायती स्वास्थ्य मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गर्नुभयो।उक्त भेटका अवसरमा बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचार्यसमेत सहभागी हुनुहुन्थ्यो।  

माननीय स्वास्थ्य मन्त्रीज्यूले हिजो १६ जुलाईमा वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाको बारेमा जानकारी लिनुभयो।यसका साथै माननीय मन्त्रीज्यूले नेपाली राजदूतावासद्वारा हिजो आयोजित 210औं भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो। भ्रमणका अवसरमा उहाँले नेपाली डक्टर्स एसोशियसन, नेपाली नर्सिङ्ग एशोसियसनका पदाधिकारीहरु एवं बेलायतमा रहेका अन्य नेपाली समुदायसँग भेट गर्नुभएको थियो। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री जुलाई 14 मा संयुक्त अधिराज्यको अनौपचारिक भ्रमणमा आउनुभएको थियो।

नेपाली राजदूतावास, लण्डन

17 जुलाई 2023

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!