अल्डरसटमा गुरुङ चलचित्र ‘प्हजे गोरे’को विशेष प्रदर्शन

SHARE:

एटा संवाददाता
अल्डरसट । गुरुङ जातिको भाषा, कला, परम्परा, संस्कार, संस्कृति र भेषभूषामा आधारित गुरुङ चलचित्र ‘प्हजे गोरे’ (बाजे गोरे) गत आइतबार ५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा रेट कार्पेट शो सम्पन्न भएको छ ।

‘लाईफ ईन युके’ र ‘मेजर पेन्सन खाउली’जस्ता सफल चलचित्रपश्चात् जि. फिल्मस्, प्रालि पोखराको व्यानरमा हालै निर्माण गरिएको चलचित्र हो, प्हजे गोरे । ५०० जनाभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको चलचित्रलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा पुनम सुवेदी, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङ, तमु प्ये ल्हु संघ युकेका निवर्तमान अध्यक्ष सोम त्होर्जे गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, कलाकार वीरबहादुर गुरुङ, निर्देशक गम (गोरे) गुरुङ, निर्माता दिल घले र सिरी गुरुङले संयुक्त रुपमा रिबन काटी चलचित्रको शुभारम्भ गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि एवं नेपाली राजदूत डा. सुवेदीले चलचित्रको सफलताको शुभकामना दिए भने चलचित्र निर्देशक गोरे गुरुङले चलचित्र छायांकनको अनुभव सुनाए । त्यस्तै, तमुधिं युकेका अध्यक्ष एवं चलचित्र निर्माता ज्ञाम गुरुङले सबैलाई धन्यवाद दिँदै सो चलचित्र अल्डरसटमा पुनः प्रदर्शन गरिने बताउँदै बेलायतका विभिन्न सहरहरुमा छिट्टै प्रदर्शन गरिने जानकारी दिए ।

गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङद्वारा रचित ‘जुनी जुनी…’ लगायत चर्चित गीतहरु रहेका छन् । साथै, सो चलचित्र गुरुङहरुको घनाबस्ती रहेको अत्यन्त रमणीय पर्यटकीय गाउँ सिक्लेस, आसपासका भेडी गोठ र पोखरामा छायांकन गरिएको छ । गुरुङ भाषा, कला र संस्कृति जर्गेना गर्नुका साथ परिवारभित्रको माया, प्रेम र जिम्मेवारीलाई प्रस्तुत् गरिएको चलचित्रको छायांकन, निर्देशन र पटकथा पनि असाध्यै मिलेको एकजना चलचित्रकर्मीको भनाइ थियो ।

कार्यक्रममा चलचित्र निर्माणमा विशेष सहयोग पुर्‍याउने गीतकार एवं पूर्व प्र.अ.एकेन्द्र गुरुङ, उद्घोषक सूर्य गुरुङ, कलाकार वीरबहादुर गुरुङ, एभरेस्ट मिडियाका सविन्द्रकुमार गुरुङलगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!