एनआरएनए युके खड्का पक्षको ११ औं महाधिवेशन अल्डरशटमा सम्पन्न

SHARE:


अल्डरशट १८ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके खड्का पक्षको ११ औं महाधिवेशन आइतबार अल्डरशटमा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष कुल आचार्य तथा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले संयुक्त रुपमा गरेका थिए।

महाधिवेशनमा कोषाध्यक्ष बिष्णु खरेलले संस्थाको आयव्यय विवरण प्रस्तुत गरे भने महासचिवको प्रतिवेदन उपाध्यक्ष गोविन्द खरेलले पढेर सुनाए। महाधिवेशनले दुवै प्रतिवेदन सर्वसम्मतिले पारित ग-यो।

महाधिवेशनलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संघ स्थापना भएको २० वर्ष पछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको र उक्त नागरिकता सहज र सुलभ रुपमा सबै एनआरएनहरुलाई उपलब्ध होस् भनेर आफुहरुले नेपाल सरकारका अधिकारीहरुसंग कुरा गरिरहेको बताए। विदेशमा कार्यरत नेपालीहरुको सामाजिक सुरक्षा, डलर एकाउन्ट जस्ता पहल एनआरएनएले अगाडी बढाएको र तिनलाई सहजरुपमा कार्यान्वयन गर्न पनि आफुहरु लागिरहेको उनले बताए। उनले एनआरएनए एउटा अभियान भएकाले यसमा कसैको पनि जीतहार नहुने बताए।

संघका पूर्व केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले बेलायतको विवादका कारण एनआरएनएको ‘चार्म’ हुन नसकेको बताए। उनले रचनात्मक कुरामा ध्यान दिन र आगामी अक्टोबर महिनादेखि एनआरएनए युकेलाई ट्रयाकमा ल्याउन सुझाव दिए।

उपाध्यक्ष डा हेम राज शर्माले एनआरएनएलाई पैसा र राजनीतिको प्रभावबाट मुक्त गर्न अनलाइन मतदानमा जानुपर्ने बताए। उनले संसारभरिका नेपालीलाई एक अर्कासंग जोड्न पनि यो संस्थालाई बचाउनु पर्ने बताए।

युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराईले चाहे खेल होस् वा संस्था चलाउने कुरा होस्, विधि, विधान र प्रक्रिया सबैले मान्नु पर्ने बताए। उनले एनआरएनए युकेले थुप्रै उतार चढाव व्यहोरेको बताउंदै संस्थालाई एक भएर अगाडी बढ्न सुझाव दिए।

एनआरएनए युकेका उपाध्यक्ष डा नारायण कडेलले एनआरएनए युकेले नेपाल बार एसोसियशनसंग एक समझदारी पत्रमा हस्ताक्षर गरेको र बेलायतमा बस्ने कुनै पनि नेपालीलाई आवश्यक परे नेपाल बारले निशुल्क कानूनी परामर्श उपलब्ध गराउने जनाए।

महाधिवेशनमा उप महासचिव रामशरण सिम्खडा, युरोप उप क्षेत्रीय संयोजक दयानिधि सापकोटा लगायतले शुभकामना दिएका थिए भने निर्वाचन समितिका सदस्य बिपिन निरौलाले २२ जुलाईमा हुन गइ रहेको मतदान प्रक्रियाबारे जानकारी दिए। त्यस्तै वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारी, स्कटल्याण्ड राज्य समन्वय परिषदका सचिव मनिष खत्रीले आआफ्नो राज्यको प्रगति विवरण सुनाएका थिए।

कार्यक्रमको संचालनका सचिव ज्ञानेन्द्र आलेले गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक श्रेष्ठले सबैलाई स्वागत गरे। अध्यक्ष सुनिल बाबु खड्काले सबैलाई धन्यवाद दिए।

२२ जुलाईमा हुन गैरहेको चुनावमा हित काजी गुरूङ, नारायण कडेल तथा दिनेश घिमिरे एनआरएनए युकेको अध्यक्ष पदका आकांक्षी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!