बेलायतमा मोक्तानको संयोजकत्वमा ‘यती नेपाल हाउस संयोजन समिति’ गठन

SHARE:


लन्डन १९ जुलाई २०२३ । बेलायतकै पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनले आफ्नो भवन खरिदका लागि पूर्वअध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा समिति गठन गरेको छ ।

अध्यक्ष पिपला देवानको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमिति, सल्लाहकार र ट्रस्टीहरु समेतको संयुक्त बैठकले यती नेपाल हाउस संयोजन समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा आरके त्रिपाठी र सदस्यहरुमा पिपला देवान, टंक भट्टराई, भिम तामाङ, डा श्याम चन्द, काउन्सिलर लक्ष्य गुरुङ, विजय थापा र अन्य एक जना ट्रष्टीबाट रहने निर्णय गरिएको छ।

नवगठित समितिका संयोजक मोक्तानले नवगठित समितिका संयोजक उमेश मोक्तानले छिट्टै पूर्ण बैठक बोलाउने र ‘एक्सन प्लान’ बनाएर काम सुरु गर्ने जानकारी दिए । बैठकका सहभागीहरुले यती नेपाल हाउसको मोडलसम्बन्धी आआफ्ना धारणा गरेका थिए।

यति लण्डन वेलफेयर ट्रस्टसँग हालसम्म १ लाख ७३ हजार पाउण्ड जम्मा भएको र उक्त रकम यति नेपाल हाउसमा लगानी गर्न ट्रस्टीहरुले सहमति जनाएका छन्। ट्रष्टीहरुले नेपाल हाउसको लागि प्रस्ताव आएपछि प्रक्रियागत रुपमा रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। यती लन्डन वेल्फेयर ट्रस्टको विधान परिवर्तन गरी एशोसिएसनका अध्यक्ष र अर्को एक जना ट्रस्टको पदेन सदस्य रहने व्यवस्था गर्न ट्रस्टीहरुलाई सुझाव दिइएको छ।

त्यसैगरी, संस्थाका आर्थिक कारोबारहरु अडिट गराउने तथा अधिकतम कारोबार बैंकिङ् प्रणालीबाटै सञ्चालन हुने व्यवस्था मिलाउन अध्यक्ष देवान र ट्रस्टी विजय थापालाई जिम्मेवारी तोकिएको छ । त्यस अवसरमा सल्लाहकार तथा ट्रस्टी डा राघव धितालले संस्थाले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुबारे जानकारी गराएका थिए । पूर्व महासचिव एवम् ट्रष्टी सुरेशजंग शाहले संस्थाका पछिल्ला गतिविधिले नेपालीपन बढाएको भन्दै वर्तमान कार्यसमितिले प्रशंसायोग्य काम गरेको बताए। ट्रष्टी विजय थापाले अहिले सम्म गरिएका प्रयासहरुबारे जानकारी गराएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!