प्रदेश १ को पुन: नामांकनबारे २३ जुलाईमा बेलायतमा अन्तरक्रिया

SHARE:

लन्डन । प्रदेश १ को पुन: नामांकनबारे यही २३ जुलाईमा बेलायतमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ बेलायत र नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा हुने कार्यक्रममा वक्ताहरु किरात याक्थुङ चुम्लुङ संघीय परिषद् अध्यक्ष तथा प्रदेश १ पुन: नामांकन संघर्ष समिति सदस्य प्रेम येक्तेन र किरात राई यायोक्खा नेपालका केन्द्रीय उपाध्यक्ष राकेश राई वक्ताको रुपमा उपस्थित हुने छन् । कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि हुने छ ।

प्रत्यक्ष कार्यक्रममा सहभागी हुन नसक्नेलाई जुमको माध्यमबाट पनि जोड्न सकिने नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले एभरेस्ट टाइम्सलाई जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!