एजेन्सी २० जुलाई २०२३ ।

महिला विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।
न्युजिल्यान्डले वुमेन्स विश्वकप २०२३ मा बिहीबार विजयी सुरुआत गरेको हो । समूह ‘ए’ को खेलमा न्युजिल्यान्डले पूर्वच्याम्पियन नर्वेलाई १-० ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो हाफमा निर्णायक गोल गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८ औं मिनेटमा न्युजिल्यान्डका लागि हनाह विलकिन्सनले निर्णायक गोल गरेकी थिइन् । एडन पार्कमा भएको खेलमा ४२ हजार घरेलु दर्शकको उपस्थिति थियो । वुमेन्स विश्वकपमा न्युजिल्यान्डको यो ऐतिहासिक पहिलो जित पनि हो ।
महिला विश्वकपको नवौं संस्करणमा पहिलो पटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।






