बेलायतमा खड्का समूहभन्दा गाहामगर नेतृत्वको एनआरएनए सदस्य संख्या ५ गुणा बढी

SHARE:

लन्डन २३ जुलाई । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्य संख्या २० हजार नाघेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन् । ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ ।

सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहँदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो । गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो । २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए ।

गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन् ।

अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!