एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगर पुन: निर्वाचित, को को विजयी भए ?

SHARE:


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगर फेरि निर्वाचित भएका छन् ।

एनआरएनए यूकेको ११ महाधिवेशनअन्तर्गत दुई वर्षे नयाँ कार्यसमितिका लागि यही जुलाई २१ र २२ मा भएको निर्वाचनबाट अध्यक्षमा गाहामगरसहित ५१ सदस्यीय निर्विरोध निर्वाचित भएको हो । गाहामगर नेतृत्वमा चयन भएको कार्यसमितिले अल्डरसटमा शनिबार एक विशेष समारोहबीच पद तथा गोपनियताको शपथग्रहण समेत गरिसकेका छन् । एनआरएनए यूके दु

निर्वाचन समितिले निर्धारण गरेको अन्तिम समय १५ जुलाईको साँझ ४ बजेसम्ममा अधिकांश पदका लागि एकल उम्मेदवारी परेपछि सबै निर्विरोध घोषणा गरिएको निर्वाचन समितिका संयोजक विश्वासदीप तिगेलाले बताए ।

नयाँ कार्यसमितिमा अध्यक्षमा गाहामगर र उपाध्यक्षहरुमा भरतमणि चोङवाङ, तिर्थबहादुर मल्ल (अनिल), चम्पा थापामगर, नम्रता घले गुरुङ र अमृत घले छन् ।

महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा रविन गुरुङ, सहकोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राई छन् ।

त्यस्तैगरी सदस्यहरुमा धन तामाङ, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, बृहस्पति बराल मगर, सन्तोष पौडेल, एन्डी राई, खगेन्द्र थापामगर, तिर्थ थापा, असल लिम्बु र मेक्शी गुरुङ चयन भएको नवनिर्वाचित महासचिव राईले बताइन् ।

त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा काउचा, ओम थापा काउछा, अर्चना गुरुङ फुलप्रसाद कँडेल, भक्त दर्जी र प्रवेश केसी चयन भए ।

राज्य परिषद्अन्तर्गत वेल्सको अध्यक्षमा मोतीप्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रामु सारु, सहसचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुन तथा सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र लिम्बु, सीता गुरुङ, युवराज पुन, सुवास राई, कल्पना लिम्बु र भोजनारायण लिम्बु चयन भए ।

हेरौं पूर्ण विवरण

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!