एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित

SHARE:

एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित
पूर्ण गुरुङ

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन् । उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन् ।

तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुदै आएका सामाजिक अभियन्ता हुन् । यस अघि एनआरएनए यूकेको कार्यसमितिका सदस्यको भूमिकामा रहेका गुरुङ आगामी २ बर्षे कार्यकालका लागि चयन भएका हुन् ।

यसअघि एनआरएनए यूकेका उपाध्यक्षको भूमिकामा रहेका डा. नारायण कंडेल र आईसीसी सदस्य दिनेश घिमिरेसंग प्रतिस्पर्धा उत्रिएका गुरुङले १४७९ मत ल्याई विजय बनेका हुन् । त्यस्तै, उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल, इन्दीरा खानिया सपना (महिला), लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स), मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन् । संगसंगै सचिवमा तिलक भट्टराई र सरोज थापा, महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा बिष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, युथ कोर्डिनेटरमा सुदीप शाही, महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन् । साथै, सदस्यहरुमा नारायण गिरी, विनिता बस्नेत, मानबहादुर राई, सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा, मोहनलाल ओली निर्वाचित भएका छन् ।

त्यस्तै, अर्दनआयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा, वेल्सको अध्यक्षमा , विभुषण श्रेष्ठ, स्कटल्याण्डको अध्यक्षमा दिवाकर पाण्डे र इन्ल्याण्डको अध्यक्षमा शम्भूप्रसाद अर्याल चयन भएका छन् ।

उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधी सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए ।

साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्र बहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र बिष्णु चालिसे चयन भएका छन् ।

उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का, अध्यक्षका प्रतिस्पर्धी डा. नारायण कंडेल, दिनेश घिमिरे, प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गाभद्र भुषाल, एनपीसीसी अध्यक्ष युवराज गुरुङ, आईसीसी सदस्य राजेन्द्र पुडासैनी, मिडिया संयोजक चिरन शर्मा, युरोप उपसंयोजक दयानिधी सापकोटा, आईसीसी उपमहासचिव रामशरण सिंखडा, उपाध्यक्ष डा. हेमराज शर्मा, अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।

उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले निर्वाचन समिति, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिदैं एनआरएनए युकेलाई अझ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन समितिका संयोजक चिरन्जीवी ढकालको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा निर्वाचन समितिका सदस्य हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए भने निर्वाचनसमितका सदस्य विपिन निरौलाले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!