बेलायतवासी शिवजी श्रेष्ठका बाआमाको नामको ट्रस्ट शुभारम्भ, ‘मायाघर नेपाल’लाई सम्मान

SHARE:


लन्डन २४ जुलाई २०२३ । बेलायतवासी शिवजी श्रेष्ठका परिवारले आफ्नो बुबाआमाको नाममा स्थापना गरेको ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट’ले ‘मायाघर नेपाल’लाई सम्मान गरेको छ ।

प्रज्ञा भवन, कमलादीको सिद्धिचरण कक्षमा आइतबार एक समारोहबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले ट्रस्टको शुभारम्भ गर्दै सुनसरीको इटहरीमा क्रियाशील ‘मायाघर नेपाल’ संस्थालाई ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ प्रदान गरेकी हुन् । देश नेपालको सेवा कार्यमा समर्पित प्रतिभा, व्यक्तित्व तथा सामाजिक संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले शिवजीका परिवारले गत वर्ष उक्त ट्रष्ट घोषणा गरेका थिए । ट्रष्टको नाममा १० लाख रुपैयाँ राखिएको छ । जसको ब्याजबापत प्राप्त रकमबाट विभिन्न व्यक्ति/संस्थालाई सम्मान गरिने जनाइएको छ । ट्रस्टको शुभारम्भकै अवसरमा मानवकल्याणमा समर्पित मायाघर नेपाललाई ५० हजार ५० रुपैयाँ राशिसहित सम्मान प्रदान गरिएको ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले जानकारी दिए ।

ट्रस्टका अध्यक्षमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सदस्य सचिव गणेश वाम्बुले राई (सहसम्पादक कान्तिपुर दैनिक), कोषाध्यक्ष बिनय श्रेष्ठ (जशिसाके, लुम्बिनी प्रमुख), सदस्यहरु प्राध्यापक डा शंकर खनाल, अखण्ड भण्डारी (प्रधान सम्पादक, अन्नपूर्ण पोष्ट), अधिवक्ता लक्ष्मी पोखरेल, सल्लाहकारहरु राष्ट्रिय गानका सर्जक ब्याकुल माइला, ब्रिगेडियर जनरल (रि) डा प्रेम सिंह बस्न्यात तथा संरक्षकमा शिवजी श्रेष्ठ रहेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा क्रियाशील जेष्ठ नागरिक, हिंसा पीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवामा संलग्न मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले सम्मान ग्रहण गर्दै २०७२ सालदेखि बेवारिसे अवस्थामा रहेका ज्येष्ठनागरिक, हिंसापीडित महिला, सडक मानवको उद्दार तथा संरक्षण कार्य गर्दै आएको बताइन् ।

उपसभामुख राना मगरले सरकारले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने तर दायित्वबाट चुकेको बताइन् । ट्रस्टका संरक्षक श्रेष्ठले उमेरले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति/व्यक्तित्व र संघसंस्थालाई प्रोत्साहन कार्य आरम्भ गरेको बताए । ट्रस्टमा होमबहादुर र प्रेमकुमारीका छोराछोरीको संलग्नता रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!