युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २४ जुलाई २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् ।

सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए ।

साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताए । यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाए ।

कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व.सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!