सन् २०२० सम्म जीनर्जीले ३० हजार उपभोक्ता पुर्‍याउने

SHARE:

एटा संवाददाता
फार्नबोरो । जीनर्जीले सन् २०२० सम्म ३० हजारभन्दा बढी उपभोक्ता बनाउने लक्ष्यसहित अगाडि बढिरहेको जनाएको छ ।

गत शनिबार ४ अगस्टका दिन फार्नबोरोस्थित भिलेज होटलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । बेलायतमा रहेका विभिन्न सञ्चारकर्मीहरुको सहभागी रहेको पत्रकार सम्मेलनमा जीनर्जी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मेजर (रि) टिकेन्द्र दल देवानले जीनर्जी कम्युनिटीमा आधारित पहिलो परियोजना भएको बताउँदै करिब २०० जना नेपालीहरुको लगानी भएको जानकारी गराए । उनले कम्पनीले २४ जनालाई रोजगारको अवसर प्रदान गरेको, ग्राहकहरुलाई अत्यन्तै शुलभ र प्रतिस्पर्धात्मक मूल्यमा ग्यास तथा बिजुली वितरण गरिँदै आएको र नेपाली तथा हिन्दीमा भाषामा समेत ग्राहकहरुलाई सेवा दिँदै जनाए ।

सन् २०१३ को ५ डिसेम्बरबाट सञ्चालनमा आएको कम्पनीले अहिले ११ हजार उपभोक्ताहरुलाई बिजुली र ग्यास वितरण गर्दै आएको छ । जसमध्ये ८.३ प्रतिशत मात्र नेपाली ग्राहक रहेका छन् । कम्पनीले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुलाई रोयल्टीसमेत प्रदान गर्दै आएको छ । कुनै पनि संघसंस्थामार्फत कम्तीमा १० घर जीनर्जीमा उपभोक्ता बनाएमा त्यस्ता संघसंस्थालाई रोयल्टीबापत प्रतिघर २० पाउन्डको दरले बर्षेनी २०० पाउन्ड प्रदान गर्ने योजना बनाएको छ ।
हालसम्म संखुवासभा समाज, मगर बुद्धिस्ट सोसाईटी, स्यान्डर्स नेपाली कम्युनिटी र लुरोङ्ग राई समाजले रोयल्टी स्कीमअन्र्तगत ग्राहक बनाई लोयल्टी रकम लिइसकिएको जानकारी दिए । मेजर (रि.) देवानले एनआरएनए युकेको उदाहरण दिँदै एनआरएनएमार्फत १  हजार  घर उपभोक्ता बनेमा वर्षेनी २० हजार पाउन्ड रोयल्टी पाउने बताए । उनले आफूहरुले प्रदान गर्दै आएको रोयल्टीको बारेमा बेलायतमा रहेका नेपाली संघसंस्थालाई पुनः जानकारी गराउने जनाए ।

कम्पनी सञ्चालनको चौंथो वर्षसम्म आइपुग्दा १ करोड २० लाख पाउन्ड कारोबार गरिसकिएको बताउँदै सबै नेपालीहरुलाई लगानी गर्ने अवसर खुल्ला गरिएको समेत जानकारी गराए । उनले सुरुमा लगानी वा ग्राहक बन्न हिच्किचाउनु स्वाभाविकै हो भन्दै अब आफूहरु मूनाफातर्फ उन्मुख भएको हुँदा ढुक्क भएर लगानी वा ग्राहक बन्न अनुरोध गरे । ‘जीनर्जी शुद्ध नेपाली कम्पनी हो’ र यसप्रति हरेक नेपालीले गर्व गर्नुपर्नेमा जोड दिँदै अमेरिकी कम्पनी मसिनिस्ट्स यूएसए इन्क तथा नेपालमा जलविद्युत् क्षेत्रका उसका साझेदारसँग र वेल्समा पनि विद्युत् उत्पादनको क्षेत्रमा सहकार्य गरिरहेको अवगत गराए ।

कार्यक्रममा अमेरिकी कम्पनी मसिनिस्ट्स यूएसए इंकका युरोप प्रमुख डा. रेमण्ड डेभिस, वेल्सस्थित इनर्जी कम्पनी सिडवेल्थियो लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर वाइन क्रम्पटन, युके–नेपाल फ्रेन्डसिप सोसाईटीका सिइओ डा.एलन मार्सल सांकाले जीनर्जीसँगको सहकार्य र आफूहरुको भूमिकाका बारे बोलेका थिए ।

गत २१ जुलाईमा सम्पन्न साधारणसभाबाट निर्णय भएका कम्पनीको प्रगति विवरण तथा आगामी कार्ययोजनाहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीका तपस गुरुङले प्रविधि, शिशिर गुरुङले भावी कार्ययोजना र विजय थापाले वर्तमान चुनौतीहरुका बारेमा जानकारी दिएका थिए । कम्पनीका सदस्यहरु, विभिन्न नेपाली संस्थाका प्रतिनिधि र संस्थागत ग्राहकहरुको विशेष उपस्थिति रहेको पत्रकार सम्मेलनमा जीनर्जीका अध्यक्ष मेजर (रि.) कुलबहादुर थापाले स्वागत मन्तव्य दिएका थिए भने महासचिव रामलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!