बेलायतमा बीसीसी गुम्बामा विशेष पूजा सम्पन्न

SHARE:

लण्डन २५ जुलाई २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ । गत शुक्रबार २१ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो ।

काठमाडौं, बौद्धस्थित सेचन गुम्बाका लामा लुङ्रिग रिन्पोछेको विशेष उपस्थितिमा सम्पन्न पूजामा बीसीसी यूकेका टुल्कु जिग्मे सामतेन, खेन्पो फुतेम्बा लगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए । सो अवसरमा लामा लुङ्रिग रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुद), धर्म चक्र प्रवर्द्धनबारे प्रवचन दिएका थिए । उक्त प्रवचनलाई खेन्पो फुतेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, लामा लुङ्रिगलगायत धर्मगुरुहरुले धनचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पुजाहरु गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले गुरुहरुलाई मण्डला अर्पण गरेका थिए । बीसीसी यूकेका उपाध्यक्ष आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले कार्यक्रमका लागि भोजनदान गर्ने भोजनदाताहरुको नामावली सुनाउँदै धन्यवाद प्रकट गरेका थिए ।

दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
विशेषगरी शेर्पा एशोसियसन यूकेका अध्यक्षलगायत पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

बिसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!