बेलायतको बीसीसी गुम्बामा पुगे लोकप्रिय गायक धिरज राई

SHARE:


लण्डन २५ जुलाई २०२३ । बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ । गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको स्वागत गरिएको थियो ।

उक्त स्वागत कार्यक्रममा गायक राईले, बुद्ध नेपालमा जन्मेका हुन्, तर कतिपय देशको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा फेला परेपछि आफूले बुद्ध भारतमा होइनमा नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि थुप्रै देशमा आफू पुगेको बताए । साथै, उनले आफ्नो अभियान पश्चात १२ वटा देशको पाठ्यपुस्तकमा संशोधन गर्न सफल भएको बताउँदै आफ्नो अभियानमा साथदिने सबैप्रति धन्यवाद दिए ।

छोटो समयका लागि बेलायत आएका गायक राईले बीसीसी यूकेले गरेको विभिन्न कार्यहरुको प्रसंशा गर्दै आफूलाई स्वागत तथा सम्मान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!