नेपाली जनसम्पर्क समिति साउथ इष्ट लन्डनको सभापतिमा राजेन्द्र खरेल चयन

SHARE:

लन्डन २५ जुलाई २०२३ । नेपाली कांग्रस निकट नेपाली जनसम्पर्क समिति साउथ इष्ट लन्डन क्षेत्रीय समितिको सभापतिमा राजेन्द्र खरेल चयन भएका छन् ।

२३ जुलाई २०२३ आइतबार प्लमस्टिडस्थित क्याप्रीकर्न क्लबमा भएको तेस्रो अधिवेशनले खरेलको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपसभापतिमा लिलादेवी गुरुङ र शम्भु गौतम, महामन्त्रीमा मोहनलाल घिमिरे, सहमहामन्त्रीमा बासुदेव सापकोटा र सदस्यहरुमा सुरज ज्ञवाली, आकाश शाह, रवि पटेल र सुरज बन्जाडे चुनिएका छन् ।

अधिवेशनको पहिलो सत्रमा समितिका उपाध्यक्ष नवराज कार्कीले स्वागत मन्तव्य दिएका थिए । सुरज केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी घिमिरे, जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहाल, प्रमुख निर्वाचन आयुक्त डा. सम्पूर्णानन्द ढुंगाना, नागरिक समाज बेलायतका महासचिव आर के त्रिपाठी, राजेन्द्र खरेल, हरिकुमार मल्ल, लिलादेवी गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन सुरज ज्ञवालीले गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेता पूर्वमन्त्री एवं पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरे, निर्वाचन समितिका प्रमुख संयोजक डा. सम्पूर्णानन्द ढुंगाना, नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहाल, केन्द्रिय विभाग सदस्य आरके त्रिपाठी, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेत, साउथ इष्ट क्षेत्रीय समितिका संयोजक सुरज केसी, जनसम्पर्क समिति बेलायत उपाध्यक्ष नवराज कार्की र राज सिटौला, जनसम्पर्क समिति भारतका संस्थापक हरिकुमार मल्ल लगायत नेताहरुको आतिथ्यमा भेला भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!