डाटफोर्ड नेपाली समाजको अध्यक्षमा डा पाण्डे

SHARE:

लन्डन २६ जुलाई २०२३ । डाटफोर्ड नेपाली समाज यूकेको अध्यक्षमा डा बिना पाण्डे घिमिरे चयन भएकी छन् ।

स्थानीय फ्लिटडाउन फुटबल क्लब मैदानमा आइतबार सम्पन्न समाजको अधिवेशनले डा. पाण्डेको नेतृत्वमा १५ सदस्यीय सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौड्याल, महासचिव अनुक्रम रिजाल, सचिव शशी गुरुङ र कोषाध्यक्ष प्रभात पौडेल छन् ।

त्यस्तै, सदस्यहरुमा तिलक भट्टराई, अञ्जु थापा बस्नेत, शेष आचार्य, हरिकला कँडेल, पूजा पाण्डे र उत्तम गौतम चुनिएका छन् । रिक्त तीन सदस्य निर्वाचित समितिले पछि मनोनयन गर्नेछ । नवनिर्वाचित अध्यक्ष डा पाण्डे पब्लिक हेल्थमा पीएचडी होल्डर हुन् । उनले ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्छिन् ।

यसअघि निवर्तमान समिति अध्यक्ष लेखनाथ खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका गतिविधिहरुको समीक्षा गर्दै भावी योजनाबारे छलफल गरिएको थियो । संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले कार्यकालको आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!