एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अगस्ट २० मा बस्ने

SHARE:

लण्डन २८ जुलाई २०२३ ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अगस्ट २० मा बस्ने भएको छ ।

गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो । भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरुबीच परिचयात्मक सेसन चलेको थियो । यस्तै बैठकले आगामी अगस्ट २० तारिख आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ ।

उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार, निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवालगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ ।

उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए । बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले। चन्द्र गुरुङ र दिलरस गुरुङ, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल, नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!