विविध कार्यक्रमसहित किरात राई यायोक्खा बेलायतले मनायो यलम्बर स्मृति दिवस

SHARE:

लन्डन २ अगस्ट २०२३ । किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ ।

२९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो । किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रममा, प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई रहेका थिए । कार्यक्रमका अतिथिहरुमा गैर आवासीय नेपाली संघ बेलायतका आईसीसी सदस्य तथा पूर्व काउन्सलर प्रवेश केसी, किरात राई यायोक्खा नेपालको पूर्वउपमहासचिव सुवासचन्द्र राई, किरात साम्पाङ राई जुम्लेखा यूकेका अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूकेको अध्यक्ष ध्यानबहादुर राई, किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, किरात राई तायामा खियामा महिला समिति अध्यक्ष रोजी राई, गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ, किराया बेलायतको नाक्छुङ कितावशेर राईलगायत थिए ।

सो अवसरमा किरात राई यायोक्खा बेलायतले, कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको थियो भने ‘फुलेन्देको आमा’ उपनामले परिचित हास्य कलाकार उमेश राई पनि सम्मान गरिएको थियो । यसैगरी समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै थामबहादुर राईलाई पनि फेटा र सम्मानपत्र प्रदान गरिएको थियो ।

किरात राई यायोक्खा बेलायतले, प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको स्मृतिमा वर्षेनी र निरन्तर ‘यलम्बर स्मृति दिवस’ मनाउँदै आइरहेको यलम्बर स्मृति दिवस २०२३ को संयोजक तथा उपाध्यक्ष, रि.मे. दिलकुमार राईले बताउनु भयो । यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि.क्या. सुमनचन्द्र राईले गरेका थिए । प्रतियोगिताको साविक विजेता देवीकुमार राई नै यस वर्षको धनुषबाण प्रतियोगिताको विजयी अर्थात् यलम्बर अफ द ईयर घोषित भए ।

कार्यक्रममा विशेष आकर्षण ‘फुलेन्देको आमा’को विशेष हास्यव्यंग्य प्रस्तुति रह्यो भने गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर मनोरञ्जन गराए ।

कार्यक्रम सन्चालन, संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए । यलम्बर स्मृति दिवस कार्यक्रमको खानपानको सम्पूर्ण व्यवस्थापन, किराया बेलायतको स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरले गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!