नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. सञ्जीव नेपाली

SHARE:

लण्डन २ अगस्ट २०२३ ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको संस्थामा नयाँ नेतृत्व चुनिएको छ ।

गतसाता नर्विचमा सम्पन्न नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डा.सञ्जीव नेपाली चुनिएका छन् ।

त्यस्तै, उपाध्यक्षमा डा. पारस सिंह, महासचिवमा डा.आरती हमाल, सहसचिवमा डा.आशिष श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरेले जिम्मेवारी पाएका छन् । कार्यसमिति सदस्यहरुमा डा.डोन्ना श्रेष्ठ, डा.शिव गुरुङ, डा. दिलिप राई, डा. विश्व कार्की, डा.अनुश्रुति बिष्ट, डा. गोकुल भट्ट, डा.देबोरा गुरुङ, डा. सगौरभ श्रेष्ठ, डा.शितल मल्ल र डा. शारदा गुरुङ छन् ।

यसअघि निवर्तमान समितिका अध्यक्ष डा कमल अर्यालको अध्यक्षतामा सम्पन्न एशोसिएसनको ३८औं अधिवेशनमा संस्थाका सदस्य एवम् परिवारसमेत डेढ सयभन्दा बढीले भाग लिएका थिए । तीन दिनसम्म चलेको कार्यक्रमको दोस्रो दिनमा घुँडामुनिका दुवै खुट्टाबिना सगरमाथा आरोहणको किर्तीमान बनाएका पूर्व गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको प्रतिनिधि संस्थाका रुपमा एशोसिएसन झन्डै ४ दशकअघि स्थापना भएको हो । बेलायतमा नेपाली डाक्टरहरुबीच समन्वय, सहकार्य र समुदायमा स्वास्थ्य सचेतना जगाउन विभिन्न कार्यक्रम गर्दै आएको संस्थाले नेपालमा डाक्टरहरुसँग ज्ञान, अनुभव शेयरिङका साथै विभिन्न परोपकारी कार्य समेत सञ्चालन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!