बौद्ध अर्घौं सदनका पूर्वअध्यक्ष स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

SHARE:


लन्डन ३ अगस्ट २०२३ । बौद्ध अर्घौं सदन, पोखराका पूर्वअध्यक्ष स्वर्गीय बीरबहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । बुधबार २ अगष्टका दिन बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीपप्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनको विकास, बौद्ध शिक्षा पठनपाठनका साथसाथै बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आएका पूर्वअध्यक्ष गुरुङको २१ औं दिनको पुण्य तीथिमा बौद्ध पराम्परानुसार मलम पाठ, मर्मेपाठ, शूरपूजापाठका साथ दीपप्रज्ज्वलन गरिएको हो ।

बीसीसी यूकेका लामा गुरु लुङ्गरिग रिन्पोछे, खेन्पो फुर्तेम्बा, खेन्पो छुल्त्रीम कर्मले पूर्व प्रधानाध्यपाक समेत रहेका शिक्षाविद् स्वर्गिय गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि गरिएको पूजापाठमा बीसीसी यूकेका आमाहरु तथा शुभचिन्तकहरुको समेत उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!