गल्कोट समाज यूकेले सातौँ वार्षिक भेला सम्पन्न

SHARE:


लन्डन ४ अगस्ट २०२३ । चर्चित राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसहित गल्कोट समाज यूकेले सातौँ वार्षिक भेला सम्पन्न गरेको छ । बर्मिङहमको वेष्ट ब्रमिचमा सोमबार आयोजित कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट ८ सय बढी नेपाली सहभागी भए ।

समाजका अध्यक्ष भोजराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सम्बोधन गर्दै शुभकामना दिएकी थिइन् । त्यस्तै, विशेष अतिथि एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कँडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी, नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अध्यक्ष भोजराज कंडेलले आफ्नो मन्तव्यमा कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। महासचिव विष्णु चालिसेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले स्वागत मन्तव्य दिएका थिए। सांस्कृतिक कार्यक्रम सञ्चालन दिलु गैरेले गरेका थिए । सो अवसरमा जीवन शर्मा, देवी घर्ती, ईश्वर सिंह र राजेश बर्देवासहित नेपालबाट आएका ख्यातिप्राप्त गायकगायिकाले सांगीतिक प्रस्तुति गरेका थिए। गल्कोटे नौमती बाजाको प्रस्तुति पनि कार्यक्रममा अर्को आकर्षण थियो।

त्यसैगरी, अर्पणा सापकोटा, आशा सापकोटा, श्रेया खरेल, अनिशा गौतम, सविना खत्री, दिपिका खत्री र अञ्जना सहानीसहितका स्थानीय कलाकारले आकर्षक नृत्य देखाएका थिए ।

कार्यक्रममा हालै एनआरएनए यूकेमा निर्वाचित समाजका सदस्यहरु आइसीसी सदस्य विष्णु चालिसे र यूके उपाध्यक्ष सुरेश परियारलाई सम्मान गरियो। ग्रयाजुएसन गर्ने समाजका झन्डै तीन दर्जन सदस्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम संयोजन उपाध्यक्ष चन्द्र सहानीले गरेका थिए । किसन खत्रीको संयोजनमा समाजका सदस्यहरु आफैले खाना बनाएर खुवाएका थिए।

सुनको सिक्री, चन्द्रमालगायत आकर्षक पुरस्कारसहितको राफल ड्र राजु सापकोटाले गराएका थिए। अतिथि सत्कारमा संस्थापक अध्यक्ष रेशम बुढाथोकी, पूर्व अध्यक्ष राजु कंडेल, सदस्यहरु सिता खरेल र अञ्जु काफ्ले खटिएका थिए भने टिकेटिङमा कोषाध्यक्ष गंगा गौतमको संयोजकत्वमा लाल थापा, दिनेश कंडेल, प्रेम गैरे, डा पुष्प उप्रेतीलगायतले सहयोग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!