नेपालमा सुन तस्करी प्रकरण: अनुसन्धानको जिम्मा सीआईबीलाई

SHARE:

काठमाडौँ ७ अगस्ट २०२३ ।

काठमाडौँ जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ ।

राजश्व अनुसन्धान विभागले यसअघि उच्च अदालत पाटनबाट पाएको म्यादलाई सोमबार काठमाडौँ जिल्ला अदालतले मिलान गर्दै सीआईबीलाई २७ गतेसम्मको समय प्रदान गरेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरिसकेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो । ब्युरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधिक कोणबाट अनुसन्धान सुरु गरिएको छ ।

सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

सो प्रकरणमा विभागले अनुसन्धान गर्दै आए पनि प्रधानमन्त्री तहको निर्देशनमा पछिल्लो समय सीआईबीलाई जिम्मा दिइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!