३ सय ९२ नेपाली नर्सले दिए बेलायत आउन आवेदन

SHARE:

लण्डन १० अगस्ट २०२३ ।

बेलायत आउन हालसम्म ३९२ नेपाली नर्सले आवेदन दिएका छन् ।

नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो ।

विभागका महानिर्देशक मदन दहालले आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको बताए । उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् । तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको उनको भनाई छ ।

विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन् । त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद छ ।

बेलायतमा करिब १०० जना नर्स पठाउने गरी आवेदन आह्वान गरिएको हो । पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्स पठाउने र त्यो सफल भएको खण्डमा थप नर्स पठाउने योजना दुवै सरकारको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!